अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड विरुद्ध भारत दबाबमा 

Published

on

भारतीय ब्याट्सम्यानहरुले लगातार रुपमा विकेट गुमाउँदा पहिलो टेस्टको दोश्रो दिनको खेल इंग्ल्यान्डले भारतलाई दबाबमा राख्न सफल भएको छ ।

वर्षाले प्रभावित खेलमा भारतले दोश्रो दिन ४६ दशमलब चार ओभर ब्याटिङ गर्दै चार विकेटको नोक्सानीमा १२५ रन बनाएको छ भने अझै ५८ रनले पछि रहेको छ । 

पहिलो विकेटका लागि ९७ रन जोड्दै राम्रो सुरुवात गरेको भारतले त्यस पछि २८ रन जोड्दा चार विकेट गुमाउन पुग्दा इंग्ल्यान्ड हाबी भएको हो । 

भारतका लागि सर्वाधिक रन जोडेका ओपनर केएल राहुल ५७ रनमा अविजित छन् भने अर्का ओपनर रोहित शर्माले पनि ३६ रनको योगदान दिए । उनीहरु बाहेक चेतेश्वर पुजारा चार, कप्तान बिराट कोहली गोल्डेन डक आउट तथा उपकप्तान पाँच रनमा पेभेलियन फर्किए भने विकेट किपर रिशब पन्त सात रनमा अविजित छन् ।   

भारतीय टोलीका कप्तान बिराट कोहलीलाई उनको पहिलो बलमा नै शिकार बनाएका जेम्स एन्डरसनले १३ दशमलब चार ओभर बलिङ गर्दै १५ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारेका छन् भने ओली रविनसनले पनि आफ्नो नाममा एक विकेट दर्ता गराएका छन् । 

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको इंग्ल्यान्डले कप्तान जो रुटको अर्धशतकको बाबजुद ६५ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १८३ रन बनाउन सक्यो ।

इंग्ल्यान्डको तर्फबाट कप्तान रुटले १०८ बलको सामना गर्दै ११ चौकाको मद्दतमा सर्वाधिक ६४ रन बनाए । रुट बाहेक जोनी बैरस्टोवले २९ तथा ज्याक क्रली र अविजित रहेका साम कर्रनले समान २७-२७ रनको पारी खेले भने ओपनर डम सिब्लीले १८ रनको योगदान दिए । त्यस बाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् भने चार जनाले त रनको खाता सम्म पनि खोल्न भ्याएनन् । 

इंग्ल्यान्डलाई सस्तैमा रोक्ने क्रममा जस्प्रित बुम्राले सर्वाधिक चार विकेट लिए भने मोहम्मद शामीले पनि आफ्नो नाममा तीन विकेट दर्ता गराए । त्यस्तै शार्दुल ठाकुरले दुई तथा मोहम्मद सिराजले पनि एक विकेट हात पारे । बुम्राले २० दशमलब चार ओभरमा ४६ तथा शामीले १७ ओभरमा मात्र १८ रन खर्चिए ।

   

Click to comment

Trending