Headline

नेपालले ओमान त्रिकोणात्मक श्रृंखला अघि ओमानमै पिएनजीसंग दुई खेल खेल्ने

Published

on

सेप्टेम्बरका लागि तय भएको नेपालको आईसीसी क्रिकेट बिश्वकप लिग टु अन्तर्गतको ओमान श्रृंखला अघि ओमानमै पपुव न्युगिनी (पिएनजी) बिरुद्ध दुई खेल खेल्ने भएको छ ।

नेपाली टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले यस बिषयमा बिहिबार अभ्यासका दौरान जानकारी दिएका हुन् । उक्त खेल सामान्य मैत्रीपूर्ण हुने वा एकदिवसीय अन्तर्राष्ट्रिय भन्ने बिषयमा अहिले नै तय भइसकेको भने छैन ।

नेपाल क्रिकेट संघका क्रिकेट व्यवस्थापक बिनोद दासले भने दुवै खेललाई एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिनका लागि आईसिसिसंग गृहकार्य भइरहेको जानकारी दिएका छन् ।

नेपालले लिग टु अन्तर्गतको दोश्रो श्रृंखलामा ओमान र अमेरिकासंग खेल्न गइरहेको हो । यो श्रृंखला कोरोनाका कारण स्थगित भएको थियो । अब भने यो हुने लगभग पक्का पक्की नै छ ।

एकदिवसीय बिश्वकपको आधार पनि रहेको लिग टुमा नेपालले दुईमा जित र दुईमा हार व्यहोरेको छ । नेपालले त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो पहिलो श्रृंखलामा ओमानसंग हारेको थियो भने अमेरिकालाई दुवै खेलमा हराएको थियो ।

Click to comment

Trending