अन्तर्राष्ट्रिय

भारतीय बलर सामु निरिह इङ्गलिस ब्याट्सम्यान

Published

on

भारतीय बलर सामु इंग्ल्यान्डका ब्याट्सम्यानहरु निरिह बन्दा पहिलो टेस्टको पहिलो दिनको खेलको समाप्तिमा भारतले आफ्नो पकड मजबुत बनाउन सफल भएको छ ।

पहिलो पारीमा इंग्ल्यान्डलाई मात्र १८३ रनमा रोकेको भारतले पहिलो दिनको खेलको सकिंदा १३ ओभरमा २१ रन बनाएको छ भने इंग्ल्यान्ड भन्दा १६२ रनले पछि छ र उसको हातमा पुरै १० विकेट बाँकी रहेको छ । 

दिनको खेलको समाप्तिमा भारतका ओपनरद्वय रोहित शर्मा र केएल राहुल समान ९-९ रनमा अविजित रहेका छन् ।   

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको इंग्ल्यान्डले कप्तान जो रुटको अर्धशतकको बाबजुद ६५ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १८३ रन बनाउन सक्यो ।

इंग्ल्यान्डको तर्फबाट कप्तान रुटले १०८ बलको सामना गर्दै ११ चौकाको मद्दतमा सर्वाधिक ६४ रन बनाए । रुट बाहेक जोनी बैरस्टोवले २९ तथा ज्याक क्रली र अविजित रहेका साम कर्रनले समान २७-२७ रनको पारी खेले भने ओपनर डम सिब्लीले १८ रनको योगदान दिए । 

त्यस बाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् भने चार जनाले त रनको खाता सम्म पनि खोल्न भ्याएनन् । 

इंग्ल्यान्डलाई सस्तैमा रोक्ने क्रममा जस्प्रित बुम्राले सर्वाधिक चार विकेट लिए भने मोहम्मद शामीले पनि आफ्नो नाममा तीन विकेट दर्ता गराए । त्यस्तै शार्दुल ठाकुरले दुई तथा मोहम्मद सिराजले पनि एक विकेट हात पारे । बुम्राले २० दशमलब चार ओभरमा ४६ तथा शामीले १७ ओभरमा मात्र १८ रन खर्चिए ।

 

Click to comment

Trending