राष्ट्रिय

गुलशन झा पहिलो पटक बन्द प्रशिक्षणमा, रोहितको वापसी 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोली बिहिबारबाट वर्ल्ड क्रिकेट लिग टु अन्तर्गत घरेलु टोली ओमान, नेपाल र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । उक्त शृंखला आयोजना हुने भए पछि नेपाली टोलीले त्यसलाई लक्षित गर्दै अभ्यास सुरु गर्ने लागेको हो । 

आज सार्वजनिक गरिएको बन्द प्रशिक्षणको सुचीमा तिब्र गतिका बलर गुलशन झालाई पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । गुलशनले काठमाडौँ सम्पन्न मेयर कपमा नेपाल पुलिसको तर्फबाट खेल्दै पुलिसलाई उपाधि दिलाउने क्रममा फाइनलमा ३६ रन खर्चिएर चार विकेट हात पारेका थिए । राम्रो प्रदर्शन गरेका थिए । अल्का झाले बाउन्सर बलिङ गर्दै ब्याट्सम्यानहरुलाई निकै दुख दिएका थिए जसका कारण उनले राष्ट्रिय टोलीको ढोका ढकढकाएका हुन् ।

त्यस्तै यस अघि बन्द प्रशिक्षणमा पनि नरहेका रोहित कुमार पौडेललाई पनि नेपाली टोलीले प्रशिक्षणका लागि बोलाइएको छ ।  

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले ओमान शृंखलाको आधिकारिक मिति तय नगरेको भए पनि सेप्टेम्बरमा हुने सार्वजनिक भएको छ । यसै शृंखलाका लागि भनेर अमेरिकाले केही समय अघि नै अभ्यास सुरु गरेको समाचार सार्वजनिक भएको थियो ।

यसै महिनाको २० तारिकबाट स्पेनमा आयोजना हुने भनिएको लिग टु अन्तर्गतको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित शृंखला रद्द भए पछि नेपाली खेलाडीहरु आफ्नै हिसाबले टियुमा नै अभ्यास गर्दै आएका छन् । क्यानले उक्त शृंखलाका लागि भनेर अभ्यास सुरु गरे पनि शृंखला रद्द हुँदा बन्द प्रशिक्षण पनि रोक्ने निर्णय गरेको थियो । 

क्यानले स्पेनमा हुने शृंखलाका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १९ जनालाई बन्द प्रशिक्षणमा राखेको छ । जसमा कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरि, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, पवन शर्राफ, बिक्रम सोब, साहब आलम, सुशन भारी श्रेष्ठ, कमल सिंह ऐरी, अविनाश बोहोरा, सोमपाल कामी, गुलशन झा र रोहित कुमार पौडेल रहेका छन् 

त्यस्तै स्पेनमा हुने भनिएको शृंखला रद्द भएको केहि समय पछि नै श्रीलंका फर्किएका प्रशिक्षक डेव ह्वाटमोर पनि नेपाल फर्किसकेका छन् । 

Click to comment

Trending