अन्तर्राष्ट्रिय

अन्तिम खेलमा वर्षा बाधक बन्दा पाकिस्तानलाई शृंखला 

Published

on

चौथो तथा अन्तिम खेलमा पनि वर्षा बाधक बन्दा पाकिस्तानले घरेलु टोली वेस्ट इन्डिज विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाएको छ । पाकिस्तानले चार खेलको शृंखला १-० ले आफ्नो पक्ष्यमा पारेको हो । 

पाकिस्तानले दोश्रो खेलमा सात रनको जित हात पारेको थियो भने बाँकी सबै खेल वर्षाका कारण रद्द भएको थियो ।

दोश्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १५७ रन बनायो भने १५८ रनको मध्यम लक्ष्य सहित ब्याटिङमा आएको वेस्ट इन्डिजले पुरै २० ओभर खेल्दै चार विकेट गुमाएर मात्र १५० रन बनाउन सक्यो ।

कप्तान बाबर आजमले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई चुनौतिपूर्ण योगफल सम्म पुर्याए भने खेलको म्यान अफ द म्याच घोषित मोहम्मद हफिजले आफ्नो टोलीलाई जित दिलाउने क्रममा किफायती बलिङ गर्दै चार ओभरमा मात्र छ र दिएर एक विकेट हात पारे ।

पहिलो खेलमा वेस्ट इन्डिजले नौ ओभरमा पाँच विकेट गुमाएर ८५ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रद्द भएको थियो भने तेश्रो खेलमा एक दशमलब दुई ओभरमा १५ रन बनाएको समयमा लगातार वर्षा हुँदा खेल सम्भव भएन । 

त्यस्तै अन्तिम खेलमा पनि वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै तीन ओभरमा ३० रन बनाएको अवस्थामा फेरी लगातार पानी पर्दा खेल रद्द भयो र पाकिस्तानले शृंखला आफ्नो पक्ष्यमा पार्न सफल भयो । 

अब पाकिस्तान र वेस्ट इन्डिज १२ तारिकबाट सुरु हुने दुई टेस्ट खेलको शृंखला खेल्ने छन् । 

Click to comment

Trending