Headline

पिएसजीलाई हराउदै लिल बन्यो च्याम्पियन्स ट्रफि बिजेता

Published

on

पेरिस सेन्ट जर्माइन (पिएसजी) लाई १-० ले हराउदै लिल ले पहिलो पटक च्याम्पियन्स ट्रफिको उपाधि जितेको छ ।

फ्रान्सको प्रथम श्रेणी फुटबल लिग वान जित्दै सबैलाई स्तब्ध पारेको लिलका लागि पोर्चुगिज मिडफिल्डर जेकाले एक मात्र बिजयी गोल गरेका थिए । जितले प्रशिक्षक जोसेलिन गोरभेनेकलाई आफ्नो पहिलो खेलमै उपाधि दिलाएको छ ।

लिग वानको उपाधि जिताएका प्रशिक्षक क्रिष्टोफ गाल्टियरले निस जाने निर्णय गरेपछि गोरभेनेकले अफ सिजन देखि लिलको बागडोर सम्हालेका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा जेकाले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहारले पिएसजी गोलकिपर किलोर नाभासलाई बिट गर्दै जाली चुम्न पुगेको थियो ।

गत लिग सिजनमा लिल ले एक गोल पनि नखादै एउटामा जित र अर्कोमा बराबरी गरेको थियो । आफ्नो ब्याक अप गोलकिपर माइक माइग्ननलाई एसि मिलानमा बेचेपनि लिल ले अर्को क्लिन सिट राखेको हो ।

लिग वान यही शुक्रबारदेखि शुरु हुन गइरहेको छ । पिएसजीले आफ्नो पहिलो खेलमा शनिबार बढुवा भएको ट्रोयेसको सामना गर्नेछ भने लि ल ले आइतबार मेट्जबिरुद्ध खेल्नेछ ।

Click to comment

Trending