Headline

ओलम्पिक्सः रेफ्रिको निर्णयको बिरोधमा फ्रेञ्च बक्सर एक घण्टा रिंग भित्रै धर्नामा

Published

on

टोकियो ओलम्पिक्स अन्तर्गत सुपर हेभिवेट क्वार्टर फाइनल फाइटमा रेफ्रिले आफूलाई अयोग्य घोषित गरिदिएको बिरोधमा एक फ्रेञ्च बक्सरले एक घण्टा रिंगमै बसेर धर्ना दिएका छन् ।

२६ बर्षिय मुराद एलिएभलाई ब्रिटिस बक्सर फ्रेजर क्लार्कबिरुद्धको खेलमा रेफ्रि एण्डी मुस्टाचियोले चार सेकेण्ड बाकी रहेको स्थितिमा जानाजान टाउकोले हानेको भन्दै अयोग्य ठहराएका थिए ।

रेफ्रिको निर्णय आउने बित्तिकै उनी मुस्टाचियोलाई संकेत गर्दै चिच्याउन थालेका थिए । त्यसपछि उनले आफ्नो माउथ गार्ड निकाल्दै लातले हानेका थिए भने निरन्तर चिच्याईरहे। त्यसपछि क्लार्क तर्फ अघि बढ्दै उनले “मैले जितेको हो, मैले जितेको हो” भन्दै दाबी गर्दै थिए ।

दुई बक्सर केही क्षणको लागि भिड्न लागेको जस्तो स्थिति सृजना भएपनि पछि तल झरेका थिए । क्लार्कलाई औपचारिक रुपमै बिजेता घोषणा गरेपछि एलिएभ एउटा टेलिभिजनको क्यामेरा समात्दै लेन्सतर्फ हातले “नाई, नाई” भन्दै इशारा गरिरहेका थिए ।

दुई बक्सरले हात मिलाएपनि एलिएभ भने असन्तुष्टि व्यक्त गर्दै रिंग भित्रै धर्ना दिएर बस्न थाले । आधा घण्टा क्यानभासमै बसेपनि उनी आफ्नो फ्रेञ्च टिमसंग कुरा गर्न गए र १५ मिनेटपटि फर्किएर फेरि अर्को आधा घण्टा धर्ना दिए ।

पहिलो चरण आफ्नो पक्षमा पारेका एलिएभले आफूलाई रेफ्रिले अयोग्य हुन सक्ने चेतावनी नै नदिएको बताएका छन् । उनले यसअघि क्लार्कलाई जुन ८ मा भएको खेलमा अंकमै पराजित गरेका थिए ।

Click to comment

Trending