अन्तर्राष्ट्रिय

हफिजले किफायती बलिङ र कप्तान बाबरको अर्धशतकमा पाकिस्तानको रोमान्चक जित 

Published

on

पाकिस्तानले घरेलु टोली वेस्ट इन्डिज विरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा सात रनको रोमान्चक जित हात पारेको छ । जितसँगै पाकिस्तानले चार खेलको शृंखलामा १-० को अग्रता पनि लिन सफल भएको छ । यस अघि सम्पन्न पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १५७ रन बनायो भने १५८ रनको मध्यम लक्ष्य सहित ब्याटिङमा आएको वेस्ट इन्डिजले पुरै २० ओभर खेल्दै चार विकेट गुमाएर मात्र १५० रन बनाउन सक्यो ।

कप्तान बाबर आजमले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई चुनौतिपूर्ण योगफल सम्म पुर्याए भने खेलको म्यान अफ द म्याच घोषित मोहम्मद हफिजले आफ्नो टोलीलाई जित दिलाउने क्रममा किफायती बलिङ गर्दै चार ओभरमा मात्र छ र दिएर एक विकेट हात पारे ।

ओपनर आन्द्रे फ्लेचर शून्य रनमा आउट हुँदा खराब सुरुवात गरेको घरेलु टोलीको लागि अर्का ओपनर एविन लेविस र क्रिस गेलले पारी सम्हाल्ने प्रयास गरे । क्रमश १६ र १७ रन बाएका गेल र शिम्रोन हेटमायर आउट भए पछि तथा ३५ रन बनाएका लेविस रिटायर्ड हर्ट हुँदै क्रिज बाहिर जान बाध्य हुँदा वेस्ट इन्डिज सङ्कटमा पर्यो ।

पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका विकेट किपर ब्याट्सम्यान निकोलस पुरनले आक्रामक पारी खेल्दै ३३ बलमा चार चौका र छ छक्काको मद्दतमा अविजित ६२ रनको पारी खेल्दै वेस्ट इन्डिजको तर्फबाट सर्वाधिक रन जोडे पनि आफ्नो टोलीलाई जित भने दिलाउन असफल रहे ।

सुरुवात राम्रो गरे पनि मध्य र तल्लोक्रमका ब्याट्सम्यानहरुले योगदान दिन नसक्दा पाकिस्तान ठुलो योगफल बनाउनबाट चुक्यो । पाकिस्तानको तर्फबाट कप्तान बाबरले ४० बलमा सर्वाधिक ५१ रन बनाए भने ओपनर तथा विकेट किपर मोहम्मद रिजवानले पनि ४६ रनको योगदान दिए ।

रिजवानले पहिलो विकेटका लागि अर्का ओपनर शर्जिल खानसँग मिलेर चार दशमलब चार ओभरमा ४६ रन जोड्दै पाकिस्तानलाई राम्रो सुरुवात दिए । त्यस पछि उनले दोश्रो विकेटका लागि कप्तान बाबरसँग मिलेर ६७ रन जोडे र पाकिस्तानलाई १४ दशमलब दुई ओभरमा ११३ रनको स्थिति सम्म पुर्याए । पछिल्लो छ विकेट भने पाकिस्तानले मात्र २३ रन जोड्दै गुमायो । 

वेस्ट इन्डिजका जेसन होल्डरले २६ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने ड्वायन ब्राभोले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।    

 

Click to comment

Trending