Headline

लोकाटोलीलाई युभेन्टस भित्र्याउनेमा नेदभेद बिश्वस्त

Published

on

इटालियन सिरी आ महारथी युभेन्टस सासुलोलाई उपयुक्त प्रस्ताव राख्दै घरेलु मिडफिल्डर म्यानुएल लोकाटोलीलाई भित्र्याउनेमा बिश्वस्त रहेको छ ।

युरो कप अन्तर्गत स्विट्जरल्याण्डबिरुद्धको जितमा २३ बर्षिय लोकाटेली चोटग्रस्त मार्को भेराट्टीको स्थानमा खेल्दै दुई गोल गर्न सफल भएपछि एक्कासी चर्चामा आएका थिए ।

“हामी लोकाटेली चाहन्छौं र उनलाई पनि हामी । मलाई लाग्छ हामीले राखेको प्रस्ताव सासुलालाई चित्त बुझ्नेछ,” युभेन्टसका निर्देशक तथा चेक रिपब्लिक लेजेण्ड पाभेल नेदभेदले भने । युभेन्टस प्रशिक्षक मासिमिलियनो एलेग्री लोकाटेली चाहन्छन् भने पुर्व एसि मिलान खेलाडीपनि आफ्नो चलनचल्तीको मुल्य (४० मिलियन युरो) भन्दा कममा आबद्द हुन इच्छुक छन् ।

“कोभिड १९ को हालको परिस्थितिलाई मध्येनजर गर्दै हामीलेसासुलोलाई सबैभन्दा उपयुक्त प्रस्ताव राखेका छौं । हामी आत्मबिश्वासका साथ प्रतिक्षा गरिरहेको छौं र उनलाई युभेन्टस ल्याउन चाहन्छौं,” नेदभेदले भने ।

Click to comment

Trending