Headline

ग्रिलिसलाई इंगलिस फुटबलकै महंगो ट्रान्सफरमा भित्र्याउदै सिटी

Published

on

एस्टन भिल्ला मिडफिल्डर ज्याक ग्रिलिसलाई ब्रिटिस ट्रान्सफर इतिहासको किर्तिमानी रकममा भित्र्याउन म्यानचेस्टर सिटीले प्रस्ताव राखेको छ ।

सिटीले २५ बर्षिय भिल्ला कप्तान ग्रिलिसलाई१ सय मिलियन पाउण्डमा क्लब भित्र्याउन गृहकार्य अघि बढाएको हो । यो ब्रिटिस फुटबलमा सबैभन्दा बढी रकमको ट्रान्सफर रकम हो ।

दुई प्रिमियर लिग क्लबहरु लामो समयदेखि यो ट्रान्सफरलाई लिएर छलफल गर्दै आएका छन् । सिटी व्यवस्थापक पेप ग्वार्डियोलाको प्रमुख लक्ष्य नै ग्रिलिस भित्र्याउनु रहेको छ ।

अर्को साता देखि शुरु हुने प्रि सिजन अघि नै ग्वार्डियोलाले सिटीलाई प्रस्ताव राख्न लगाउदै आफ्नो आशय स्पष्ट पारेको हो ।

यो सम्झौता हुने हो भने ग्रिलिस ब्रिटिस क्लब इतिहासमा सबैभन्दा महंगा ट्रान्सफरमा अनुबन्धित हुने खेलाडी बन्ने छन् । हालसम्म कुनै पनि इंगलिस क्लबले सबैभन्दा बढी तिरेको रकम पउल पोग्बाका लागि हो ।

२०१६ मा पोग्बा युभेन्टसबाट म्यानचेस्टर युनाइटेड आउदा उसले ८९ मिलियन पाउण्ड तिरेको थियो । सबैभन्दा बढी रकम तिर्नेशिर्ष तीनमै युनाइटेड रहेको छ । युनाइटेडले अर्का बेलायती खेलाडी ह्यारी मग्वायरका लागि ७८ मिलियन र बेल्जियन स्ट्राइकर रोमेलु लकाकुकालागि ७५ मिलियन पाउण्ड तिरेको थियो ।

मग्वायर हाल सबैभन्दा महंगा डिफेण्डर पनि हुन् । त्यसअघि डच अन्तर्राष्ट्रिय भर्जिल भान डाइकलाई लिभरपुलले ७५ मिलियन पाउण्ड तिरेको थियो ।

सिटीले भने अनुरुपको पैसा तिरेको खण्डमा ग्रिलिस फुटबल इतिहासकै सबैभन्दा नवौं महंगा खेलाडी पनि बन्नेछन् ।

Click to comment

Trending