अन्तर्राष्ट्रिय

स्टोक्सको अनिश्चित समयका लागि क्रिकेटबाट बिश्राम 

Published

on

इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सले अनिश्चित समयका लागि सबै खालको क्रिकेटबाट बिश्राम लिने घोषणा गरेका छन् ।

स्टोक्सले आफ्नो मानसिक स्वास्थ्य र औँलाको चोटबाट मुक्ति पाउनका लागि भन्दै सबै क्रिकेटबाट टाढा रहने घोषणा गरेका हुन् । 

स्टोक्सले हालका लागि क्रिकेटबाट टाढा रहने जनाए पछि उनले बुधबारबाट सुरु हुने भारत विरुद्धको पाँच टेस्टको शृंखला पनि गुमाउने छन् । इंग्ल्यान्ड क्रिकेट बोर्ड र स्टोक्स आफैले अक्टोबरमा सुरु हुने ट्वान्टी ट्वान्टी विश्वकप खेल्ने नखेल्ने बारेमा भने केही जनाएका छैनन् ।

स्टोक्सले गत वर्ष धेरै समय आफ्नो परिवार भन्दा टाढा रहे । त्यस माथि कोरोनाका कारण बायो बबलमा बस्न पर्दा धेरै खेलाडीहरुले यसले मानसिक रुपमा धेरै दुख दिने बताउँदै आएका छन् । त्यस्तै गत वर्षको डिसेम्बरमा ब्रेन क्यान्सरका कारण आफ्नो जीवनको अन्त्यमा रहेका आफ्ना बाबुसँग पनि लामो समय न्युजिल्याण्डमा बिताएका थिए ।

गत वर्ष नै उनले आफ्नो औँलाको चोटका कारण लामो समय मैदान बाहिर नै बिताउन बाध्य भए । सोचे भन्दा लामो समय पश्चात चोटबाट केही राहत मिले पछि उनले इंग्ल्यान्डको घरेलु प्रतियोगिता खेले भने हालै सम्पन्न पाकिस्तान विरुद्धको शृंखला अन्तर्गतको एकदिवसीय शृंखलामा कप्तानी गर्दै क्लिन स्विप पनि गर्न सफल भएका थिए । 

चोटका कारण नै उनले न्युजिल्यान्ड विरुद्धको टेस्ट शृंखला पनि गुमाउन परेको थियो ।

 

Click to comment

Trending