Headline

नेपालको ओलम्पिक्स सहभागिता सक्कियो

Published

on

सरस्वती चौधरी १ सय मिटर दौडको पहिलो चरणबाट बाहिरिएसंगै नेपालको टोकियो ओलम्पिक्सको सहभागिता समाप्त भएको छ ।

म्याराथन धावक गोपीचन्द्र पार्कीलाई अन्तिम समयमा सहभागीता दिलाउन नसकेपछि मौका पाएकी सरस्वतीले दोश्रो हिटमा सहभागी हुंदै निर्धारित दुरी १२ दशमलव ९१ सेकेण्डमा पुरा गरिन् । उनी आफ्नो हिटमा आठौं भएकी थिइन् । यस हिटमा इरानकी फाइसी फर्जानी ११ दशमलव ७६ अंक सहित पहिलो भएकी थिइन् । यो संगै नेपालका सबै ओलम्पियनहरुले आफ्नो प्रतिस्पर्धा पुरा गरेका छन् ।

नेपालको ओलम्पिक्स यात्रा दुई नयां राष्ट्रिय किर्तिमान सहित समाप्त भयो । स्विमिंगमा गौरिका सिंह र एलेक्स शाहले १ सय मिटर फ्रि स्टाइलमा नयां किर्तिमान कायम गरे भने सुटिंगकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पनि पहिलो चरणबाटै बाहिरिएका थिए ।

Click to comment

Trending