अन्तर्राष्ट्रिय

भारतको लज्जास्पद हार, श्रीलंकालाई शृंखला 

Published

on

घरेलु टोली श्रीलंका विरुद्धको तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा विकेटको लज्जास्पद हारको सामना गर्दा भारतले शृंखला गुमाएको छ । 

पहिलो खेलमा जित निकालेको भारतले त्यस पछिका लगातार दुई खेलमा हार चाख्दा शृंखला नै गुमाउन पर्यो । भारतले पहिलो खेलमा ३८ रनको जित निकालेको थियो भने श्रीलंकाले दोश्रो खेलमा चार विकेटको रोमान्चक जित हात पार्दा शृंखला १-१ को अवस्थामा पुर्याएको थियो । आजको खेलमा भारतलाई नमिठो हार चखाउँदा श्रीलंकाले शृंखला २-१ ले आफ्नो पक्ष्यमा पार्न सफल भएको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा ८१ रनको निकै सानो योगफल बनाउन सक्यो भने जबाफी ब्याटिङ गरेको श्रीलंकाले तीन विकेट गुमाएर ३३ बल अगावै जित दर्ता गर्यो । 

श्रीलंकाको जितमा वानिन्दु हसरंगाले अलराउण्ड प्रदर्शन गर्दै बलिङमा चार विकेट हात पारे भने ब्याटिङमा अविजित १४ रनको पारी खेले ।   

भारतको तर्फबाट सर्वाधिक रन बनाएका कुलदिप यादवले अविजित २३ रन बनाए । त्यस बाहेक भुवनेश्वर कुमारले १६ तथा ओपनर रुतुराज गायकवाडले १४ रनको पारी खेले भने बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

ओपनर तथा कप्तान शिखर धवन पहिलो ओभरको चौथो बलमा गोल्डेन डकआउट भए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका देवदत्त पडिक्कल, विकेट किपर ब्याट्सम्यान सन्जु सामसन अठा नितिश रानाले पनि क्रमश नौ, शून्य र छ रन भन्दा जोड्न सकेनन् ।

भारतलाई सानो योगफलमा रोक्ने क्रममा श्रीलंकाका वानिन्दु हसरंगाले चार ओभरमा मात्र नौ रन खर्चिएर चार विकेट लिए भने दासुन शनाकाले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए । 

श्रीलंकालाई सहज जित दिलाउने क्रममा अविजित रहेका धनन्जय डि सिल्भा र वानिन्दु हसरंगाले क्रमश २३ र १४ रन बनाए भने ओपनरद्वय अविष्का फर्नान्डो र मिनोद भानुकाले पनि क्रमश १२ र १८ रनको पारी खेले ।

भारतका राहुल चाहारले चार ओभरमा मात्र १५ रन खर्चिएर भारतको खसेको सबै तीन विकेट आफैले लिए । 

Click to comment

Trending