Headline

नेम्बांग र दुई सञ्चारकर्मीमाथि छानविन गर्न अब्दुल्लाहको माग

Published

on

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकज नेम्बांग र दुई सञ्चारकर्मीबिरुद्ध निष्पक्ष छानविन गर्न एन्फा समक्ष माग गरेका छन् ।

अब्दुल्लाहले बिहिवार एन्फा कम्प्लेक्समा पुगेर छानविनका लागि माग गरेका हुन् । अलमुताइरीले केही दिन अघि नेम्बांगको कारण आफू राजीनामा दिन गइरहेको भन्दै फेसबुक स्ट्याटस लेख्दा नेपाली फुटबल तरंगित हुदै आएको छ ।

अब्दुल्लाहले तीन साता देखि नेम्बांगले आफूलाई तनाव दिइरहेको बताउदै उनकै कारणले राजीनामा दिने बताएका थिए । तर एन्फा नेतृत्वले उनलाई राजीनामा नदिन आग्रह गरेको थियो ।

नेम्बांगले आफुबिरुद्ध अब्दुल्लाह खनिनु निराधार रहेको र घटनाको छानविन गर्न त्यही दिन नै माग गरेका थिए । उनले आफ्नो गल्ति देखिएमा पदबाट समेत राजीनामा दिने बताएका थिए ।

यस्तै एक अनलाइनका दुई संचारकर्मीबिरुद्ध पनि छानविन गर्न अब्दुल्लाहले माग गरेका हुन् । एन्फामा प्रशिक्षणका दौरान बिश्राम लिदै कम्पाउण्ड बाहिर निक्लदै धुम्रपान गरेको बिषयमा प्रश्न गर्दा अब्दुल्लाहले आफुहरुलाई दुव्र्यवहार गरेको भन्दै दुई सञ्चारकर्मीले बिरोध जनाएका थिए ।

उनीहरुले पनि एन्फालाई यो बिषयमा छानविन गर्न माग गरेका छन् । एन्फाले यस बिषयमा शुक्रबार हुने केन्द्रि य समितिको बैठकमा छलफल गर्नेछ ।

Click to comment

Trending