अन्तर्राष्ट्रिय

वेस्ट इन्डिज र पाकिस्तान बीचको खेलमा वर्षा बाधक 

Published

on

घरेलु टोली वेस्ट इन्डिज र पाकिस्तान बीचको पहिलो ट्वान्टी ट्वान्टी खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द हुँदा चार खेलको शृंखला ०-० को अवस्थामा रहेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले नौ ओभरमा पाँच विकेट गुमाएर ८५ रन बनाएको अवस्थामा वर्षा सुरु भयो भने वर्षा नरोकिए पछि खेल नै रद्द हुन पुग्यो ।

खेल रोकिँदा कप्तान काइरन पोलार्डले आक्रामक पारी खेल्दै नौ बलमा एक चौका र दुई छक्काको मद्दतमा अविजित २२ रन बनाएका थिए भने विकेट किपर निकोलस पूरन १३ रन बनाएर पेभेलियन फर्किए ।

पाकिस्तानका हसन अलिले सर्वाधिक दुई विकेट लिए भने मोहम्मद वासिम, मोहम्मद हफिजउस्मान कादिरले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

वेस्ट इन्डिज र पाकिस्तान बीचको दोश्रो खेल शनिबार हुनेछ ।  

Click to comment

Trending