Headline

नयां राष्ट्रिय किर्तिमान सहित गौरिकाको ओलम्पिक्स चुनौति समाप्त

Published

on

नेपाली स्विमर गौरिका सिंहले टोकियो ओलम्पिक्सको १ सय मिटर फ्रि स्टाइलमा नयां राष्ट्रिय किर्तिमान बनाएकी छिन् ।

आफ्नो हिट तेश्रो स्थानमा सक्काएकी गौरिकाले निर्धारित दुरी १ मिनेट शुन्य दशमलव ११ सेकेण्डमा पुरा गरिन् । उनी नाइजेरिया र मोन्टेनेग्रोको खेलाडीभन्दा पछि रहिन् ।

यसअघि आफैले बनाएको १ मिनेट शुन्य दशमलव ६२ सेकेण्डको किर्तिमान तोडेकी गौरिका पहिलो चरणबाट भने बाहिरिएकी छिन् ।

यो स्पर्धामा स्विडेनकी सराह सोस्टोर्मकोनाममा ओलम्पिक र बिश्व किर्तिमान दुवै रहेको छ ।

जारी ओलम्पिक्समा नेपालका चार जना खेलाडीको चुनौति समाप्त भइसकेको छ । शुटिंगकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र स्विमिंगकै एलेक्स शाह पनि पहिलो चरणबाटै बाहिरिएका हुन् ।

एलेक्सले पनि आफैले राखेको १ सय मिटर फ्रि स्टाइलको किर्तिमानमा सुधार ल्याउदै ओलम्पिक्स सहभागिताको अन्त्य गरेका थिए ।

नेपालको लागि अब १ सय मिटर दौडमा सरस्वती चौधरीले मात्रै प्रतिस्पर्धा गर्न बाकी रहेको छ ।

Click to comment

Trending