Headline

ओलम्पिक्सः झण्डै एक शताब्दीपछि फिलिपिन्सले सुनेको राष्ट्रिय गान

Published

on

९७ बर्ष लागेपनि फिलिपिन्सले ओलम्पिक्स इतिहासमा आफ्नो पहिलो स्वर्ण पदक जितेको छ ।

टोकियो ओलम्पिक्समा हिडिलिन डियाजले सोमबार महिला ५५ केजी तौल समुहमा स्वर्ण पदक जितिन् । ग्रिष्मकालीन ओलम्पिक्समा १९२४ देखि सहभागिता जनाएको फिलिपिन्सको राष्ट्रिय गान भने पहिलो पटक बज्न पुग्यो ।

ओलम्पिक किर्तिमान कायम गर्ने क्रममा डियाजले कुल २ सय २४ केजी उठाइन् । यो उनको निकटतम प्रतिद्वन्दी तथा चिनकी लिआओ किउनभन्दा एक केजी बढी थियो । लिआओ आफैले २०१९ २ सय २७ केजी उचाल्दै ५५ केजी तौल समुहमा बिश्व किर्तिमान कायम गरेकी थिइन् ।

क्लिन एण्ड जर्कमा डियाज र लिआओबीच बराबरी भएको थियो । १ सय २७ केजी उचाल्नका लागि दुई पटक प्रयास गर्दा पनि असफल भएकी डियाजलाई मात्रै अन्तिम अवसर बाकी थियो । बारलाई आफ्नो टाउको माथि पुर्याउदा डियाजको प्रदर्शनलाई बैधता दिएपछि उनी निकै बेरसम्म रोएकी थिइन् ।

बिश्व किर्तिमानी लिआओ मात्र एक केजी तौलले पछि परिन् भने डियाजलाई उनको टिमका सदस्यहरुले घेदै निकै समय खुशियाली मनाएका थिए ।

ओलम्पिक्समा फिलिपिन्सले पहिलो पदक १९२८ मै जितेको थियो । स्विमिंगको पुरुष २ सय मिटर ब्रेष्टस्ट्रोकमा टियोफिलो यलडेफेन्सो तेश्रो हुंदै कास्य पदक जितेका थिए । ३६ बर्षपछि उसले पहिलो रजत पदक जित्यो ।

फेदरवेट बक्सिंगमा एन्थोनी भिलानुएभा फाइनल खेल्दै फिलिपिन्सलाई रजत पदक दिलाएका थिए । त्यसको ५७ बर्षपछि फिलिपिन्सले पहिलो पटक जापानमा स्वर्ण पदक जित्यो ।

Click to comment

Trending