Headline

रियल म्याड्रिडका भारान म्यानचेस्टर युनाइटेडमा

Published

on

इंगलिस प्रिमियर लिग महारथी म्यानचेस्टर युनाइटेडले स्पेनिस हस्ती रियल म्याड्रिडसंग फ्रेञ्च डिफेण्डर राफेल भारानलाई भित्र्याउन सम्झौता गरेको छ ।

फ्रेञ्च अन्तर्राष्ट्रिय डिफेण्डर र बिश्वकप बिजेता राफेल भारानको ट्रान्सफरका लागि रियल म्याड्रिडसंग सम्झौतामा पुगेको सुनाउन पाउदा क्लब निकै हर्षित छ, युनाइटेडले एक बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

हाल युकेमा कोरोना भाइरसको निषेधाज्ञा कायम रहेका कारण भारान अहिले नै मेडिकलका लागि जान भने सक्ने छैनन् । भारानको सम्झौता मुल्य नखुलाइएपनि ब्रिटिस मिडियाहरुका अनुसार उनी ३४ मिलियन पाउण्डमा युनाइटेड गएको र यो मुल्य ४८ मिलियन पाउण्डसम्म पुग्न सक्नेछ ।

२८ बर्षिय भारानको रियलसंगको सम्झौता समाप्त हुन अझै एक सिजन बाकी रहेको थियो । फ्रेञ्च टोली लेन्सबाट २०११ मा म्याड्रिड पुगेका भारानले रियलका लागि ३ सय ६० खेल खेल्दै चार च्याम्पियन्स लिग सहित १८ प्रमुख उपाधिहरु जितेका थिए ।

भारानको ओल्ड ट्राफोर्ड जाने सम्झौता पुरा भएको खण्डमा उनले ह्यारी मग्वायर, एरिक बेली र भिक्टर लिन्डेलोफसंगै अग्रपंक्ति सम्हाल्नेछन् । गत सिजन म्याचेस्टर युनाइटेड दोश्रो स्थानमा सिमित रहेको थियो तर स्थानीय प्रतिद्वन्दी म्यानचेस्टर सिटीभन्दा १२ अंकले पछि परेको थियो ।

२०१७ को युरोपा लिगपछि युनाइटेडले कुनै पनि प्रमुख उपाधि जित्न सकेको छैन । एलेक्स फर्गुसनको व्यवस्पानको अन्तिम बर्ष , २०१३, मा युनाइेटडले पछिल्लो पटक प्रिमियर लिग जितेको हो ।

भारानलाई फर्गुसन र व्यवस्थापक रहेको समयमा होजे माउरिन्होले पनि भित्र्याउन चाहेका थिए ।

Click to comment

Trending