अन्तर्राष्ट्रिय

भारत र श्रीलंका बीचको दोश्रो ट्वान्टी ट्वान्टी स्थगित 

Published

on

घरेलु टोली श्रीलंका र भारत बीचको दोश्रो ट्वान्टी ट्वान्टी खेल रद्द भएको छ । आज साँझ ८;१५ बजे हुने खेल सुरु हुनु केही घण्टा अघि मात्र खेल स्थगित गरिएको हो ।

भारतीय क्रिकेट टोलीका अलराउण्डर कुर्नाल पान्ड्यालाई कोरोना संक्रमण भए पछि  दुबै टोलीको सल्लाहमा दोश्रो खेल स्थगित गर्ने निर्णय लिइएको हो । अब आज स्थगित भएको खेल भोलि आयोजना हुनेछ ।

भारतीय टोलीले जनाए अनुसार कुर्नालसँग नजिकबाट सम्पर्कमा रहेका अन्य आठ जना खेलाडीलाई तत्काल आइसोलेसनमा बस्न भनिएको छ भने उनीहरुको कोरोना परिक्षण पनि गरिएको छ । उनीहरुको रिपोर्ट आज साँझ नै आउने छ ।

कुर्नालले आज बिहना आफ्नो घाँटी दुखेको जनाए पछि परिक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

तीन खेलको शृंखलामा भारत १-० ले अघि रहेको छ । पहिलो खेलमा श्रीलंका ३८ रनले पराजित भएको थियो ।     


Click to comment

Trending