Headline

ओलम्पिक्समा एलेक्सको नयां राष्ट्रिय किर्तिमान

Published

on

नेपाली स्विमर एलेक्जेण्डर शाहले टोकियो ओलम्पिक्स १ सय मिटर फ्रि स्टाइल स्विमिंगमा नयां राष्ट्रिय किर्तिमान कायम गरेका छन् ।

आफ्नो हिट पहिलो स्थानमा समाप्त गरेपनि एलेक्स पहिलो चरणबाटै बाहिरिनु पर्ने थियो । समग्रमा ५३ दशमलव ४१ सेकेण्डमा पहिलो हिटमा शिर्ष स्थानमा रहेका एलेक्सले आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमान तोडेका हुन् ।

एलेक्सले यसअघि दक्षिण कोरियामा भएको ओलम्पिक्स छनौट प्रतियोगितामा ५६ दशमलव २८ को समय लिदै नयां किर्तिमान बनाएका थिए ।

एलेक्सले टोकियोमा आफ्नो हिटमा कोसोभो, प्यालेस्टाइन, गायाना, भुटान, माल्दिभ्स र सोलोमन आइल्याण्ड्सका समर्थकहरुलाई पछि पारेका थिए । ७१ स्विमर सहभागी हिट चरणमा एलेक्सले समग्रमा ५९ औ स्थान पाएका थिए । सेमिफाइनलमा स्थान कायम गर्नका लागि पहिलो १६ भित्र आइपुग्नुपर्ने हुन्छ ।

अर्की नेपाली स्विमर गौरिका सिंहले बुधबार हिटमा प्रतिस्पर्धा गर्नेछिन् । उनले पनि १ सय मिटर फ्रि स्टाइनलमै सहभागिता जनाउने छिन् ।

Click to comment

Trending