अन्तर्राष्ट्रिय

सहज जित निकाल्दा अष्ट्रेलियालाई शृंखला 

Published

on

तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली वेस्ट इन्डिज माथि छ विकेटको सहज जित निकाल्दा अष्ट्रेलियाले शृंखला माथि कब्जा जमाएको हो । पहिलो खेलमा १३३ रनको फराकिलो जित निकालेको अष्ट्रेलियाले दोश्रो खेलमा चार विकेटको हारको सामना गरे पनि अन्तिम खेलमा जित निकाल्दै शृंखला २-१ ले आफ्नो पक्ष्यमा पार्न सफल भएको हो ।  

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजलाई ४५ दशमलब एक ओभरमा १५२ रनमा रोकेको अष्ट्रेलियाले ११७ बल अगावै चार विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

वेस्ट इन्डिजलाई सानो योगफलमा रोक्ने क्रममा मिचेल स्टार्कले सर्वाधिक तीन विकेट हात पारे भने जश हेजलउड, एस्टन अगर र एडम जम्पाले सामना २-२ विकेट आफ्नो नाममा दर्ता गराए । अष्ट्रेलियाको जितमा म्याथ्यु वेडले अविजित रहँदै सर्वाधिक ५१ रनको पारी खेले ।

ओपनर एविन लेविसले ६६ बलको सामना गर्दै पाँच चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ५५ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा वेस्ट इन्डिज सानो योगफलमा नै रोकिन पुग्यो ।

किफायती बलिङ गरेका हेजल उडले आठ ओभरमा १८ रन खर्चिएर भने १०-१० ओभर बलिङ गरेका जाम्पाअगरले क्रमश २९ र ३१ रन मात्र दिए ।

अष्ट्रेलियाको जितमा वेड बाहेक कप्तान एलेक्स क्यारीले ३५, मिचेल मार्शले २९ अठा एस्टन अगरले अविजित १९ रनको योगदान दिए ।

अष्ट्रेलियाका अगर खेलको म्यान अफ द म्याच घोषित भए भने तीन खेलमा ११ विकेट हात पारेका मिचेल स्टार्क प्लेयर अफ द सिरिज चुनिए । 

 

Click to comment

Trending