अन्तर्राष्ट्रिय

सनसनीपूर्ण जित निकाल्दा बंगलादेशलाई ट्वान्टी ट्वान्टी शृंखला 

Published

on

सौम्य सरकारले अलराउण्ड प्रदर्शन गर्दा तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा पाँच विकेटको सनसनीपूर्ण जित निकाल्दै बंगलादेशले घरेलु टोली जिम्बाब्वे विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाएको छ । 

पहिलो खेलमा आठ विकेटको जित निकालेको बंगलादेशले दोश्रो खेलमा क्रमश २३ रनको हारको सामना गरे पनि तेश्रो खेलमा जित निकाल्दै तीन खेलको शृंखला २-१ ले आफ्नो पोल्टामा पार्न सफल भएको हो ।  

ओपनर वेस्ली मधेभियरले लगातार दोश्रो अर्धशतक प्रहार गर्दा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १९३ रनको विशाल योगफल तयार पार्यो भने जबाफी ब्याटिङ गरेको बंगलादेशले ओपनर सौम्य सरकारको अर्धशतकको मद्दतमा पाँच विकेट गुमाएर चार बल अगावै जित दर्ता गराएको हो ।

बंगलादेशको जितमा बलिङ तर्फ दुई विकेट हात पारेका सरकारले ४९ बलको सामना गर्दै नौ चौका र एक छक्काको मद्धतमा सर्वाधिक ६८ रन बनाए पछि बंगलादेशले जित आत्मसाथ गरेको हो । सरकार बाहेक कप्तान महमदउल्लाह ३४ तथा शकिब अल हसनले १३ बलमा २५ रनको पारी खेले भने छैठौं नम्बरमा ब्याटिङ गर्न आएका शमिम होसेनले १५ बलमा अविजित ३१ रन जोड्दै बंगलादेशको जित सुनिश्चित गराए ।

जिम्बाब्वेको तर्फबाट मधेभियर ३६ बलको सामान गर्दै छ चौकाको मद्दतमा सर्वाधिक ५४ रन बनाए भने अर्धशतक बनाउनबाट मात्र दुई रनले चुकेका विकेट किपर ब्याट्सम्यान रिजस चकाब्भाले आक्रामक पारी खेल्दै छ छक्का सहित ४८ रन बनाए । सिकन्दर राजा शुन्य रनमा पेभेलियन फर्किए पनि रायन बर्लले १५ बलमा अविजित ३१  रनको पारी खेले ।  

बंगालदेशले यस अघि सम्पन्न घरेलु टोली जिम्बाब्वे विरुद्धको एकदिवसीय शृंखलामा क्लिन स्विप गरेको थियो । 


 

Click to comment

Trending