Headline

लेवानडोस्की लगातार दोश्रो पटक जर्मनीको वर्ष फुटबलर बन्न सफल

Published

on

बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवानडोस्कीले जर्मनीको वर्ष फुटबल खेलाडीको उपाधि हात पारेका छन् । लगातार दोश्रो पटक वर्ष खेलाडी बन्ने क्रममा उनले थोमस मुलर र एर्लिङ हालान्डलाई पछि परेका हुन् ।

लेवानडोस्की २०१९-२० को सिजनमा बायर्नलाई ट्रेबल दिलाउने क्रममा पनि वर्ष खेलाडी घोषित भएका थिए । त्यस्तै यस वर्ष उनको उत्कृष्ट प्रदर्शनमा बायर्नले लगातार नबौँ पटक बुन्डेसलिगा पनि जितेको थियो । त्यस बाहेक उनले ४९ वर्ष गर्ड मुलरको नाममा रहेको सर्वाधिक गोलकर्ताको किर्तिमान पनि भंग गरेका थिए ।

आज सार्वजनिक भए अनुसार वर्ष खेलाडी हुने क्रममा लेवानडोस्कीले दोश्रो स्थानका मुलर भन्दा ३१५ तथा तेश्रो स्थानका हालाण्ड भन्दा ३१८ भोट बढी पाएका थिए ।  

पोल्याण्डका लेवानडोस्की गत सिजन बायर्नको लागि सबै प्रतियोगितामा गरेर ४८ खेल खेल्दै ४८ गोल नै गरेका थिए भने उनले बुन्डेसलिगामा मात्र २९ खेलमा ४१ गोल गर्न सफल भएका थिए ।

वर्ष खेलाडी घोषित भए पछि उनले लगातार दोश्रो पटक यस उपाधि जित्दा निकै हर्षित भएको प्रतिक्रिया दिएका छन् । ‘मलाई थाहा छ यो सम्मान कति ठुलो छ भनेर,’  लेवानडोस्कीले भने । ‘मेरो लागि यो खुशी र गर्वको कुरा हो । जर्मनीमा लगातार दोश्रो पटक वर्षको फुटबलर बन्न सहज छैन र यो धेरै कमले मात्र हासिल गर्न सक्दछन् । ‘   

त्यस्तै चेल्सीका प्रशिक्षक थोमस टुचेल वर्षको प्रशिक्षकबाट सम्मानित भएका छन् । चेल्सीले फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्दै डर्टमण्डका टुचेललाई आफ्नो लण्डनमा आबद्ध गरेको थियो ।   

Click to comment

Trending