राष्ट्रिय

 प्रशिक्षक अलमुताइरीलाई राजिनामा नदिन एन्फा अध्यक्ष शेर्पाको आग्रह 

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा शेर्पाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई आफ्नो पदबाट राजिनामा नदिन आग्रह गरेको बताएका छन् ।  

अलमुताइरीले आज सामाजिक सञ्जाल मार्फत आफ्नो पदबाट राजीनामा दिने बताएका थिए । उनले आफूले पदबाट राजीनामा दिनुको कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकज नेम्बांग रहेको पनि बताएका थिए ।

अध्यक्ष शेर्पाले विसपोर्टज् सँगको टेलिफोन सम्पर्कमा अहिले नै यस बारेमा विस्तृत रुपमा कुरा गर्न नसकिने भन्दै आफूले अलमुताइरीलाई राजिनामा नदिन आग्रह गरेको बताए । उनले भने, ‘अलमुताइरी आज बिहान मेरो अफिसमा आएर आफूले राजिनामा दिने बताएका थिए । यस बारेमा उनले पनि धेरै कुरा गर्न खोजेनन् । उनले आफूलाई आरामको आवश्यक रहेको भने पछि मैले अहिले गएर आराम गर्न तथा राजिनामा नदिन आग्रह गरेको थिए ।’

‘आशा छ उनले आफ्नो राजिनामा दिने निर्णय फिर्ता लिनेछन् । तर अहिले नै यस बारेमा मैले धेरै कुरा गर्न सक्ने र मिल्ने अवस्था छैन । हामी केही दिनमा यस बारेमा विस्तृत विवरण सार्वजनिक गर्नेछौँ ।’

“प्यारा नेपाली समर्थकहरु म राजीनामा दिनको लागि एन्फा गइरहेको छु। मैले राजीनामा दिनुको कारण एन्फामा बरिष्ठ उपाध्यक्ष हुन् । पछिल्लो तीन हप्तादेखि उनी मलाई लिएर धेरै नाटक गरिरहेका छन्,” अब्दुल्लाहले फेसबुकमा लेखेका थिए ।

अब्दुल्लाहले “आशा गर्छु तपाई अब खुशी हुनुहन्छ होला” भन्दै नेम्बांगलाई पनि ट्याग गरेका थिए ।

अब्दुल्लाहले राजीनामा अचानक दिने निर्णय लिएको स्पष्ट देखिन्छ । शनिबार नै उनले नेपाली टोलीको प्रशिक्षणको फोटो राख्दै आफ्नो लक्ष्यको बारेमा भनेका थिए ।

एन्फाले केही दिन अघि मात्रै उनको सम्झौता नवीकरण समेत गरेको थियो । अब्दुल्लाह नेपाली फुटबल समर्थकहरुको फेभरेट रहेपनि एन्फामा र राष्ट्रिय टोलीको खेलाडी छनौट गर्दा दबाब रहने गरेका छन् ।

यसै बीच नेम्बांगले अलमुताइरीले आफ्नो कारण राजीनामा दिन लागेको भन्ने कुरा षड्यन्त्रपुर्व रहेको बताएका छन् । पत्रकारहरुलाई दिइएको अन्तर्वार्तामा नेम्बांगले आफूलाई यो बिवादमा तान्नु पछाडी ठूलो षड्यन्त्र रहेको जवाफ दिएका छन् ।

“म फुटबल संघमा बरिष्ठ उपाध्यक्षको हिसाबमा बसिरहेको छु र मलाई यो बिषयमा तानेर म बिरुद्ध ठूलो षड्यन्त्र रचिएको छ । म एन्फाले यो बिषयको राम्ररी छनाबिन गरोस भन्ने चाहन्छु र यदि मेरो गल्ति रहेको पाइएमा म संघबाट राजीनामा दिन पनि तैयार छु,” नेम्बांगले भने ।

अब्दुल्लाहले तीन सातादेखि नेम्वांगले आफूलाई तनाव दिएको बताएका थिए । “मैले कसरी उनलाई तनाव दिएर राजीनामा दिन बाध्य बनाए उनले प्रमाणित गर्नु पर्यो । राष्ट्रिय टोलीको प्रशिक्षक जस्तो पदमा रहेका व्यक्तिले फेसबुक माफृत राजीनामा दिनु व्यवसायिक हुनु होइन् । उनले व्यवस्थापन र मसंग कुरा गर्नु पथ्र्यो,” नेम्वांगले भने ।


 

 

Click to comment

Trending