Headline

अब्दुल्लाहले आरोप लगाएका नेम्वांग भन्छन्: मेरो गल्ति छ भने राजीनामा दिन्छु

Published

on

अखिल नेपाल फुटबल संघका बरिष्ठ उपाध्यक्ष पंकज नेम्बांगले राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो कारण राजीनामा दिन लागेको भन्ने कुरा षड्यन्त्रपुर्व रहेको बताएका छन् ।

अलमुताइरीले केही घण्टा अघि फेसबुकमा एउटा स्टेटस लेख्दै आफू एन्फाका बरिष्ठ उपाध्यक्षको कारणले राजीनामा दिन गइरहेको बताएका थिए । पत्रकारहरुलाई दिइएको अन्तर्वार्तामा नेम्बांगले आफुलाई यो बिवादमा तान्नु पछाडी ठूलो षड्यन्त्र रहेको जवाफ दिएका छन् ।

“म फुटबल संघमा बरिष्ठ उपाध्यक्षको हिसाबमा बसिरहेको छु र मलाई यो बिषयमा तानेर म बिरुद्ध ठूलो षड्यन्त्र रचिएको छ । म एन्फाले यो बिषयको राम्ररी छनाबिन गरोस भन्ने चाहन्छु र यदि मेरो गल्ति रहेको पाइएमा म संघबाट राजीनामा दिन पनि तैयार छु,” नेम्बांगले भने ।

अब्दुल्लाहले तीन सातादेखि नेम्वांगले आफूलाई तनाव दिएको बताएका थिए । “मैले कसरी उनलाई तनाव दिएर राजीनामा दिन बाध्य बनाए उनले प्रमाणित गर्नु पर्यो । राष्ट्रिय टोलीको प्रशिक्षक जस्तो पदमा रहेका व्यक्तिले फेसबुक माफृत राजीनामा दिनु व्यवसायिक हुनु होइन् । उनले व्यवस्थापन र मसंग कुरा गर्नु पथ्र्यो,” नेम्वांगले भने ।

अब्दुल्लाहसंग फेसबुक मार्फत भएका च्याटहरुको बारेमा जानकारी दिदै नेम्वांगले आफूले अहिलेसम्म अब्दुल्लाहसंग दोहोरो कुरा पनि नगरेको बताएका थिए ।

Click to comment

Trending