Headline

नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव

Published

on

दक्षिण एसिया फुटबल महासंघ (साफ) ले नेपाललाई १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरेको छ ।

अखिल नेपाल फुटबल संघका अनुसार नेपाल फुटबलको सर्वोच्च निकायलाई साफ च्याम्पियनसिप आयोजनाका लागि औपचारिक रुपमा प्रस्ताव पत्र पठाएको हो । साफका महासचिव अन्वरुल हकले एन्फाका महाहसचिव इन्द्रमान तुलाधरलाई प्रतियोगिता आयोजनाको पत्र पाएका थिए ।

तुलाधरले अब एक बिस्तृत प्रस्ताव तैयार पार्दै साफमा स्विकृतिका लागि पठाउने बताएका छन् । एन्फाको प्रस्ताव पाएपछि साफ अध्यक्ष र साफ केन्द्रि समितिले अन्तिम निर्णय लिनेछ ।

जुलाई २३ मा साफ सदस्य राष्ट्रहरुबीच भर्चुवल बैठकमा बंगलादेश फुटबल महासंघले कोरोना भाइरसका कारण प्रतियोगिता आयोजनाबाट हात झिकेपछि यस बिषयमा छलफल गरिएको थियो ।

नेपालले हालसम्म दुई पटक साफ च्याम्पियनसिपको आयोजना गरेको छ । पहिलो पटक १९९७ मा आयोजना गरेको नेपाल २०१३ मा भएको प्रतियोगिताको सेमिफाइनलमा अफगानिस्तानसंग पराजित हुन पुगेको थियो ।

अफगानिस्तान अहिले यो क्षेत्रबाट बाहिरिसकेको छ । नेपालले हाल सम्म साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सकेको छैन ।

प्रतियोगिताको सबैभन्दा सफल टोली भारतले सात पटक उपाधि उचालेको थियो । गत संस्करणमा नेपाल सेमिफाइनलमा माल्दिभ्ससंग पराजित भएको थियो ।

माल्दिभ्स साबिक बिजेता हो ।

Click to comment

Trending