Headline

एन्फा बरिष्ठ उपाध्यक्षका कारण भन्दै अब्दुल्लाह राजीनामा दिदै

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो पदबाट राजीनामा दिने बताएका छन् ।

आफुले पदबाट राजीनामा दिनुको कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकज नेम्बांग रहेको पनि बताएका छन् ।

“प्यारा नेपाली समर्थकहरु म राजीनामा दिनको लागि एन्फा गइरहेको छु। मैले राजीनामा दिनुको कारण एन्फामा बरिष्ठ उपाध्यक्ष हुन् । पछिल्लो तीन हप्तादेखि उनी मलाई लिएर धेरै नाटक गरिरहेका छन्,” अब्दुल्लाहले फेसबुकमा लेखेका छन् ।

अब्दुल्लाहले “आशा गर्छु तपाई अब खुशी हुनुहन्छ होला” भन्दै नेम्बांगलाई पनि ट्याग गरेका छन् ।

अब्दुल्लाहले राजीनामा अचानक दिने निर्णय लिएको स्पष्ट देखिन्छ । शनिबार नै उनले नेपाली टोलीको प्रशिक्षणको फोटो राख्दै आफ्नो लक्ष्यको बारेमा भनेका थिए ।

एन्फाले केही दिन अघि मात्रै उनको सम्झौता नविकरण समेत गरेको थियो । अब्दुल्लाह नेपाली फुटबल समर्थकहरुको फेभरेट रहेपनि एन्फामा र राष्ट्रिय टोलीको खेलाडी छनौट गर्दा दवाब रहने गरेका छन् ।

Click to comment

Trending