अन्तर्राष्ट्रिय

 पुरन र होल्डरको अर्धशतकमा अष्ट्रेलिया माथि वेस्ट इन्डिज हाबी 

Published

on

१८८ रनको सानो लक्ष्य पच्छ्याउँदा एक समय ७२ रनमा पाँच विकेट गुमाएको अवस्थामा निकोलस पुरन र जेसन होल्डरले अर्धशतकीय पारी खेले पछि घरेलु टोली वेस्ट इन्डिजले अष्ट्रेलियालाई दोश्रो एकदिवसीय खेलमा चार विकेटले पराजित गर्न सफल भएको छ । आज बिहान सम्पन्न खेलमा जित हात पार्दै वेस्ट इन्डिजले तीन खेलको शृंखला १-१ को अवस्थामा पुर्याएको छ ।

अकिल होसेनअल्जारी जोसेफले सामना ३-३ तथा शेल्डन कोट्रेलले दुई विकेट हात पार्दा अष्ट्रेलियाले ४७ दशमलब एक ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो भने शे होपले अविजित ५९ तथा जेसन होल्डरले ५२ रन बनाउँदा वेस्ट इन्डिजले ७२ बल अगावै जित आत्मसाथ गर्यो ।

एक समय ४५ रनमा छ विकेट गुमाएर निकै खराब सुरुवात गरेको अष्ट्रेलिया तीन अंकको स्कोर पनि बनाउन नसक्ने अवस्थामा पुगेको थियो । तर म्याथ्यु वेडमिचेल स्टार्कले सातौ विकेटका लागि ५१ रन जोड्दै अष्ट्रेलियाको पारी सम्हाल्ने प्रयास गरे ।

१९ रन बनाएका स्टार्क र ३६ रन बनाएका वेडको विकेटको पतन पछि नवौँ र १० औं नम्बरमा ब्याटिङ गर्न आएका एडम जाम्पाराइली मेरदथले नवौँ विकेटका लागि ५३ बलमा ५९ रनको साझेदारी गर्दै सम्मानजनक स्कोर सम्म पुर्याए । अष्ट्रेलियाको तर्फबाट सर्वाधिक रन जोडेका मेरदथले ३६ बलमा ४१ रन बनाए भने जाम्पाले ३६ रनको योगदान दिए ।

७२ रनमा पाँच विकेट गुमाएर हार तर्फ लम्केको वेस्ट इन्डिजको जितमा होल्डर र पुरनले छैठौँ विकेटका लागि १२१ बलमा ९३ रनको साझेदारी गर्दै जित सुनिश्चित गराए । त्यस बाहेक ओपनर शे होपले पनि ३८ रनको योगदान दिए ।

मिचेल स्टार्कले घातक बलिङ गर्दै १० ओभरमा २६ रन खर्चिएर तीन विकेट तथा एडम जाम्पाले दुई विकेट हात पार्दै अष्ट्रेलियालाई राम्रो सुरुवात दिए पनि अन्य बलरहरुले विकेट लिन नसक्दा उसले हारको सामना गर्न पर्यो । 

Click to comment

Trending