राष्ट्रिय

आफु लिग खेल्न तयार रहेको तर एन्फाले स्वास्थ्य मापदण्डका बारेमा सटिक जवाफ दिन पर्ने बिबिसीको माग

Published

on

ए डिभिजन लिग क्लब ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले सुरक्षित स्वास्थ्य मापदण्ड सहित ए डिभिजन लिग खेल्न टोली तयार रहेको जनाएको छ । 

तर उसले अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस बारेमा स्पष्ट जवाफ दिन पर्ने पनि जनाएको छ । बिबिले आफुहरुले ए डिभिजन लिगका लागि मध्यनजर गर्दै तीन विदेशी खेलाडी सहित २२ जना खेलाडीलाई अनुबन्ध गरि सकेका कारण लिग नखेल्ने भन्ने विषय नै नभएको पनि बताएको छ ।

यसअघि बिबिसीसहित ललितपुरका ४ क्लबले एन्फालाई लिग तोकिएको समयबाट पछि सार्न आग्रह गरेका थिए । लिगको मिति सार्न आग्रह गरेको मात्र भएर नखेल्ने कुनै मनसाय नभएको पनि उसले बताएको छ ।  

क्लबका अनुसार एन्फाले असोजको पहिलो साताबाट लिग सुरु गर्ने जनाएको छ । तर एन्फाले स्वास्थ्य मापदण्डबारे सटिक जवाफ दिन सकेको छैन । एन्फाले आयोजना गरेको बैठकमा यस विषयमा सटिक जवाफ आउन नसक्दा पनि क्लबले राम्रो र उचित तयारी सुरुवात गर्न नसकेको पनि उसको भनाइ छ । 

एन्फाले खेलाडी, अफिसियल र टोलीसँग आबद्ध सबैलाई खोपको व्यवस्था गर्ने भने पनि त्यसबारे कुनै कदम चालिएको छैन । युरोपमा लिग संचालन भइरहेको नजिर भए पनि त्यहाँको तुलनामा हाम्रो स्वास्थ्य सुविधाको अवस्था कस्तो छ भन्नेमा पनि ख्याल राख्न बिबिसीले एन्फालाई आग्रह गरेको छ । 

बिबिसीले यसबाहेक लिगको खेल तालिकामा पनि आपत्ति जनाएको छ । राष्ट्रिय लिग र ए डिभिजन लिग एकसाथ गर्ने प्रस्ताव केही क्लबलाई मात्र फाइदा जनक हुने बताउँदै क्लबले यसबारे सोच्न एन्फालाई आग्रह गरेको छ । क्लबले लिगको बिचमा नै मोफसलको प्रतियोगिता आयोजना गर्नेबारे पनि असन्तुष्टि व्यक्त गरेको छ । लिग चल्दा नै मोफसलको प्रतियोगितामा सहभागी हुँदा चोटको सम्भावना बढ्ने हुनाले यसबारे सहि निर्णय लिन भनेको छ ।

Click to comment

Trending