अन्तर्राष्ट्रिय

आईपीएलका कारण अफगानिस्तान र पाकिस्तान बीचको एकदिवसीय शृंखला युएईबाट सर्ने  

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) का कारण अफगानिस्तान र पाकिस्तान बीचको एकदिवसीय शृंखला युएईबाट सर्ने भएको छ । अफगानिस्तान र पाकिस्तान बीचको शृंखला पछि आईपीएल आयोजना हुने भएका कारण पिचलाई ध्यानमा राख्दै युएईले शृंखला आयोजना गर्नका लागि अनुमति नदिँदा शृंखला नै युएईबाट सार्न पर्ने भएको हो ।  

उक्त शृंखलालाई दुबै बोर्डको सहमतिमा अब श्रीलंकामा आयोजना गर्ने भएका छन् । पाकिस्तान र अफगानिस्तान बीचको शृंखला सेप्टेम्बर एक देखि पाँचका बीचमा आयोजना हुनेछ भने त्यसको लगभग दुई हप्ता पछि आईपीएल सुरु हुने कार्यक्रम रहेको छ । तर रोकिएको आईपीएलका ३१ खेलका लागि १५ दिनको तयारीले नपुग्ने भन्दै दुई देश बीचको शृंखला आयोजना गर्नका लागि अनुमति नदिइएको हो ।   

आईपीएलका कारण अफगानिस्तान र पाकिस्तान बीचको शृंखलालाई मात्र असर परेको होइन । आईपीएलसँगको मिति जुध्न जाँदा क्यारेबियन प्रिमियर लिग (सिपीएल) ले पनि आफ्नो सुरुवाती मितिमा केही परिवर्तन गर्दै अघि सार्ने जनाएको छ ।  

विश्वकप सुपर लिग अन्तर्गत रहेको पाकिस्तान र अफगानिस्तान बीचको शृंखलामा पाकिस्तान नौ खेलमा ४० अंक सहित पाँचौँ स्थानमा रहेको छ भने तीन खेल मात्र खेलेको अफगानिस्तानको ३० अंक छ र उ अंक तालिकाको आठौँ स्थानमा छ ।

अफगानिस्तानले पाकिस्तानसँग पहिलो पटक एकदिवसीय शृंखला खेल्न लागेको हो । यस अघि चार खेल खेलेको अफगानिस्तान चार खेलमा नै पराजित भोगेको छ । 

Click to comment

Trending