१३औं दक्षिण एसियाली खेलकुद

ओलम्पिक्सको सबैभन्दा कान्छी खेलाडी जाजाको सुन्नै पर्ने कहानी

Published

on

गर्मिको मौसम र हेन्ड जाजा १२ बर्षकी भएकै कारण पनि शनिबार उनले गरेको कृयाकलापलाई तपाई रमाइलोको रुपमा लिन सक्नु हुन्छ ।

जाजा एक भ्रमणमा थिइन् । सामान्य समयभन्दा उनी राती ढिलो सुतिरहेकी थिइन् । धेरै साथीहरुसंग घुमिरहेकी थिइन् । अथवा यस्ता मानिसहरुसंग जसको लक्ष्य र रुची एकै थियो ।
उनले आफूलाई सबैभन्दा मन पर्ने खेलमा प्रतिस्पर्धा पनि गरिन्: टेबल टेनिस ।

र यो सबै ओलम्पिक्समा भयो ।

हो । १२ बर्षिय सिरियन फुच्चीले टोकियो ओलम्पिक्समा प्रतिस्पर्धा गरिन् । बाह्र । जाजा जारी ओलम्पिक्सकी सबैभन्दा कान्छी खेलाडी हुन् र बिश्व खेलकुदको महाकुम्भ इतिहासकै सबैभन्दा पाचौं कान्छी ।

१३ बर्ष २ सय ५५ दिनमा नेपाली जलपरी गौरिका सिंह पांच बर्ष अघि ब्राजिलमा भएको रियो ओलम्पिक्समा सबैभन्दा कान्छी सहभागी थिइन् ।

कोभिड -१९ नभएको भए उनी ओलम्पिक्समा सहभागी हुंदा जम्मा ११ बर्षकी हुने थिइन् । जाजा कति बर्षकी भइन् ? उनी २००९ को जनवरी १ मा जन्मिएकी हुन् ।

तपाईसंग के बहाना छ ?

उमेरको तुलनामा अग्ली रहेकी जाजाको लागि टेबल टेनिसको टेबलबाट माथि चिहाउनु पर्ने स्थिति भने थिएन । तर उनले शनिबार सामना गरेको बिपक्षी भने उनी भन्दा तीन गुणा बढी उमेरकी थिइन् ।

जाजाकी बिपक्षी अष्ट्रेलियाकी जिया लिउ ३९ बर्षकी भइसकिन् । उनले आफ्नो छैटौं ओलम्पिक्समा सहभागिता जनाइरहेकी थिइन् ।

यो शताब्दीमा २००४ को एथेन्स ओलम्पिक्स र २००८ को बेइजिंग ओलम्पिक्स हुंदा जाजाको संसारमै अस्तित्व नै थिएन । २०१२ मा लण्डनमा ओलम्पिक्समा हुंदा उनलाई आफनो अस्तित्वको बारे ज्ञान पनि थिएन ।

लिउसंग जाजाको कुनै प्रतिस्पर्धा नै थिएन । लिउले ११-४, ११-९ र ११-५ को सोझो सेटमै जित हात पारिन् । खेलपछि आंशुले भरिएका जाजाका आखा रातो भएपनि उनको हारको चर्चा हुंदैन । कहिल्यै पनि हुने छैन ।

“मैले यो खेल जित्ने आशा गरेको थिए । मैले राम्रो खेल्ने मात्र आशा गरिरहेको थिए,” जाजाले खेलपछि भनिन् ।

एक दिन जाजाले ओलम्पिक्समा उपस्थित हुनु नै पर्याप्त रहेको भन्ने बुझ्ने छिन् । उनले एक दिन अघि सिरियाको झण्डा लिएर ओलम्पिकको उद्घाटन समारोहको परेडमा सहभागी भएकै कारण नै आफू सुत्ने रुटिनलाई बिगारेकी थिइन् । यो राम्रो कारण नै होला, होइन ?

बच्चा भएको कारण प्लेनको यात्राले निम्त्याएको समस्यासंग जुझ्न उनी संघर्ष गर्दै थिइन् । र जाजाको ओलम्पिक्समा सहभागी हुने उत्साहले सिमा नाघिसकेको पनि थियो ।

उनी धेरै रात अनिंदो भएरै बसेकी थिइन् ।

जाजा पांच बर्षको हुंदा देखि नै टेबल टेनिसमा लागेकी थिइन् । उनको दाईओबेदाले स्थानीय प्रतियोगिताको उपाधि जित्दै ट्रफि घरमा ल्याएपछि जाजालाई पनि आफ्नै उपाधि घर ल्याउने इच्छा जागेको थियो ।

टेबल टेनिस जाजाका लागि सिरियाको गृह युद्धबाट मुक्ति र मन भुलाउने माध्यम र एक किसिमको पागलपन नै भएको छ ।

उनको शहर हामा निरन्तरको बमबारीका कारण ध्वस्त भएको थियो । युद्ध र आतंकले परिवार र समुदायलाई नै प्रभावित गर्दा जाजाको लागि टेबल टेनिस सामान्य खेल नभएर आश्रय नै बनेको थियो ।

“हामी चुनौतिपूर्ण परिस्थितीमा बाचिरहेका थियौं । तर हामीले यो परिस्थितीलाई नियन्त्रण गरिरहेकोछौं । जब हामी खेल्न थाल्छौं हामी सबै कुरा बिर्सन्छौं । हामी बिश्व सामु चुनौति दिन सक्छौ भने र नै प्रशिक्षण गरिरहेको छौं । टेबल टेनिसले मलाई सबै कुरा दियो । मलाई बलियो बनायो र आत्मबिश्वास पनि दियो,” जाजा भन्छिन् ।

सिरिया टेबल टेनिसको लागि परिचित देश होइन । जाजाअघि मात्र एक खेलाडी टेबल टेनिसमा छनौट भएको छ । २०२० को शुरुवातमा जाजाले पश्चिम एसियाको छनौट चरणमा ४२ बर्षीया खेलाडीलाई हराए पछि आफ्नो स्थान बनाएको थिइन् ।

उनले एक अतिरिक्त बर्ष आफूलाई तैयार गर्नको लागि खर्चिन् । मेरो प्रदर्शन सुधारिएको छ , उनी भन्छिन् । तर यो सहज भने थिएन ।

उपयुक्त प्रशिक्षण र श्रोत पाउनु दैनिक चुनौति नै थियो । घरबाट बाहिर निक्लन पनि सुरक्षाको आवश्कता पर्ने गर्छ । सिरियामा न आकस्मिक न भविष्य सुरक्षित छ । खेल्नको लागि लगानी निश्चित र भरपर्दो पनि हुने गर्दैन ।

सिरियामा सिंगो देशलाई नै ओलम्पियनहरुको समर्थनमा केही गर्ने भन्दा अन्य धेरै चुनौतिहरु रहने गर्छन् ।

तर जाजाले हार खाइनन् । आफ्नो कथाले प्रभावित गर्न सक्ने बच्चाहरुको लागि केही भन्न चाहनु हुन्छ भन्ने बिषयमा उनलाई प्रश्न गरिएको थियो ।

पछिल्लो पांच बर्ष मैले धेरै कुराहरु अनुभव गरे, बिशेष गरि देशमा युद्ध चल्दै गर्दा । ओलम्पिक्स स्थगित हुंदा र आर्थिक सहयोग पाउन मैले धेरै संघर्ष गर्नु पर्यो । मैले यसको लागि लडाइ नै जित्नु परेको थियो । जति नै गाह्रो भए पनि तपाई आफ्नो लक्ष्यमा पुग्नका लागि लडाई लड्नु भन्ने सन्देश म दिन चाहन्छु , उनले भनिन् ।

जाजाको लक्ष्य ओलम्पिकमा फेरि फर्किएर राम्रो गर्दै बिश्व बिजेता र ओलम्पिक बिजेता बन्नु नै हो ।

“म खेल्न बन्द नै गर्दिन । टेबल टेनिस मेरो जिन्दगी हो । मैले मेरो जीवन नै टेबल टेनिसलाई दिसकेको छु । जुन दिन म प्रशिक्षण गर्दिन म बाट केही कुरा मिस भइरहेको जस्तो महसुस हुन्छ ।”

तर जाजा टेबल टेनिस बाहेक अरु धेरै कुरा पनि हुन् ।

उनी पढ्छिन्, पौडी खेल्छिन्, बास्केट खेल्छिन्, टिभिमा सिरिज हेर्छिन् र आफ्नो परिवारसंग बस्छिन् । उनी आफ्नो स्कुल मन पराउछिन् । आफ्नो भविष्यमा उनी फर्मासिस्ट र वकिल पनि हुन चाहन्छिन् ।

जाजा ओलम्पियक मार्फत सिरिया आर्मीको आक्रमण र बमबारी भएको शहरभन्दा बढी रहेको सन्देश दिएकी छिन् । उनले सिरियाको असली जनसंख्या, परिवार, सपना र अदभुत उपलब्धि हात पार्न सक्ने केटीहरु रहेको स्पष्ट पारेकी छिन् ।

एउटा सानो बच्चाको लागि यो धेरै ठूलो कुरा हो ।

यथार्थ , जाजा जम्मा १२ बर्षकी छिन् र उनले ओलम्पिक्समा प्रतिस्पर्धा गरेकी छिन् ।

जब हारको निराशाले दिएको आशु सुक्नेछ जाजाले टेबल टेनिसको सानो बोर्डबाट नै धेरै पाठ सिकाउन सफल भएको बुझ्नेछिन् ।

Click to comment

Trending