Headline

ओलम्पिक्स पुरुष फुटबलः फ्रान्सको लज्जास्पद हार

Published

on

फ्रान्सलाई टोकियो ओलम्पिक्सको पुरुष फुटबलमा स्वर्ण जित्ने अभियानमा पहिलो खेलमै झड्का लागेको छ ।

टोकियो स्टेडियममा भएको खेलमा फ्रान्स मेक्सिकोसंग ४-१ को फराकिलो अन्तरले पराजित हुनु पुग्यो । १९८४ पछि फ्रान्स पहिलो पटक ओलम्पिक्सको स्वर्ण जित्ने दाउमा रहेको छ ।

तर जापानको राजधानीमा मेक्सिकोले दोश्रो हाफको शुरुवातमा अग्रता बनायो । एलेक्सिस भेगाले अग्रता दिलाएपछि सेबास्चियन कोर्दोबाले ५५ औं मिनेटमा त्यसलाई दोब्बर पारेका थिए ।

खेल सकिन २१ मिनेटका बाकी रहदा ३५ बर्षिय कप्तान आन्द्रे पिएरे गिग्न्याकले गोल गर्दै दुरी छोट्याएका थिए । उसको पुनरागमन गर्ने प्रयासमा भने युरियल अन्तुना र एडुवार्डो अगुइरले गोल गर्दै पानी फरेका थिए ।

मेक्सिको २०१२ को ओलम्पियक स्वर्ण बिजेता हो । कठिन रहेको समुह ए मा फ्रान्सले अब दक्षिण अफ्रिका र आयोजक जापानको सामना गर्नेछ ।

अर्को समुहमा स्पेन निकै संघर्ष गर्दै इजिप्टसंग गोलरहित बराबरी खेल्न पुग्यो । खेलमा दवाब बनाए पनि स्पेनले गोल गर्न भने सकेन । ड्यानी सेबालोसले पहिलो हाफमा गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

१९९२ को स्वर्ण बिजेता स्पेनको समुहमा अष्ट्रेलिया र अर्जेन्टिना रहेका छन् । समुह बीमा क्रिस उडको एक मात्र गोलको मद्दतमा न्युजिल्याण्डले दक्षिण कोरियालाई १-० ले हरायो ।

Click to comment

Trending