Headline

ब्राजिलियन लेजेण्ड फोर्मिगाको सात ओलम्पिक्सको गर्विलो इतिहास

Published

on

अन्तर्राष्ट्रिय फुटबलमा २६ बर्षमा एउटा पुस्ताको जन्म हुन्छ र सकिन्छ । अझै फुटबलमा बामे सर्दै गरेको राष्ट्र, जस्तै नेपालले यो दौरान दुई देखि तीन पुस्ता नै देखिसकेको छ ।

तर ब्राजिलियन भेटेरान फोर्मिगाको लागि भने २६ बर्ष केवल उनको एक खेल जीवन मात्र हो । उनै फोर्मिगालेअनौपचारिक रुपमा शुरु भएको टोकियो ओलम्पिक्समा चिनबिरुद्ध खेल्दैनयां इतिहास कायम गरिन् । उनी लगातार सातौं ओलम्पिक्स खेल्ने पहिलो र हालसम्म एक मात्र महिला खेलाडी बनेकी छिन् ।

रिफुको मियागी स्टेडियममा चिनबिरुद्ध ७२ मिनेटसम्म मैदानमा टिकेकी ४३ फोर्मिगाले१९९५ को बिश्वकप मार्फत ब्राजिलको लागि डेब्यु गरेकी थिइन् । त्यति खेर उनी जम्मा १७ बर्षकी थिइन् । त्यो समयदेखि यहांसम्म आइपुग्दा फोर्मिगाले ब्राजिलका लागि २ सय १ खेल खेलिसकेकी छिन् भनेसात वटा ओलम्पिक यात्रा समेत तय गरिन् ।

यद्दपि फोर्मिगा सहभागी भए यता ब्राजिलले अहिलेसम्म ओलम्पिक्समा स्वर्ण पदक जित्न सकेको छैन । १९९६ मा एटलान्टामा भएको ओलम्पिक्स मार्फत डेब्यु गरेकी उनले २००४ र २००८ मा रजत पदकमा चित्त बुझाउनु परेको थियो ।

फोर्मिगासंगै मार्ताले पनि बुधबार ब्राजिलको लागि नयां किर्तिमान कायम गरिन्

बुधबार ब्राजिलले चिनलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दा फोर्मिगाको नाममा मात्र इतिहास बनिरहेको थिएन । ब्राजिलकी अर्की भेटेरान मार्ताले पनि आफ्नो छुट्टै किर्तिमान कायम गरिन् । महिला फुटबलको सर्वकालीन महान खेलाडीको रुपमा लिइने गरेकी ३५ बर्षिय मार्ताले लगातार पांच ओलम्पिक्समा गोल गर्ने पहिलो खेलाडीको रुपमा पनि रेकर्ड राखिन् ।

६ पटक फिफा महिला बर्ष फुटबलर उपाधि जितिसकेकी मार्ताले दुई गोल गर्दा उनको अन्तर्राष्ट्रिय गोलसंख्या पनि १ सय ११ पुगिसकेको छ । एथेन्स ओलम्पिक्स २००४ मा आफ्नो पहिलो गोल गरेकी मार्ताको ओलम्पिक्समा गोलसंख्या १२ भएको छ ।

Click to comment

Trending