Headline

किन र कसरी फरक छ महामारीकाबीच भइरहेको टोकियो ओलम्पिक्स ?

Published

on

विश्वभर अहिले पनि कोरोनाको त्रास कायमै छ । तर यसै बीच जापानमा टोकियो ओलम्पिक्स शुरु हुन गइरहेको छ । अनौपचारिक रुपमै बिश्व खेलकुदको महाकुम्भ शुरु भने भइसकेको छ ।

कोरोनाकै कारण गत वर्ष नै आयोजना हुन पर्ने ओलम्पिक्स एक बर्ष पछि सरेको हो । यो अन्य ओलम्पिक्स भन्दा निकै भिन्न छ । महामारी कायम रहदा हुन लागेको यस ओलम्पिक्समा खेल समर्थकका साथै पर्यटक माथि जापानमा प्रतिबन्ध छ भने खेल अवधिभर अपनाउन पर्ने नियमहरू पनि निकै कडा रहेको छ ।

संयमित समारोह

हामी मध्य जो कोहीले पनि यस अघिका ओलम्पिक्स बारे पढे अथवा हेरेको थियौ। सबैलाई रियो, लण्डन र बेइजिङ ओलम्पिक्सको उद्घाटन र समापन समारोहको झकि झकाउले मन्त्रमुग्ध बनाएकै हो ।

रियो, लण्डन र बेईजिङले उद्घाटन समारोहबाट नै विश्वको ध्यान आफ्नो तर्फ खिच्न सफल भएको थियो । हजारौकलाकारहरूको प्रदर्शन, खेलाडीहरूको उपस्थितिका साथै प्रस्तुतिहरू पनि निकै भव्य रहेको थियो ।

तर यस पटकको ओलम्पिक्स भने अघिल्ला संस्करणको तुलनामा निकै फिक्का हुनेछ । ओलम्पिक्समा सहभागी ११ हजार भन्दा बढी खेलाडीहरू मध्य करिब छ हजारले मात्र उद्घाटन र समापन समारोहमा उपस्थिति जनाउन पाउने छन् भने कोरोना नसरोस् भन्ने हिसाबले निकै सानो कार्यक्रम मात्र आयोजना गरिने यस अघि नै आयोजकले जानकारी दिइसकेका छन् ।

पदक चुम्न नपाइने

कुनै पनि खेलमा खेलाडीले जित्नु आफ्नो सबैभन्दा ठूलो उपलब्धि मान्छन् झन् । यो त झन ओलम्पिक्स हो । सबै खेलाडीको सपना ।

खेलाडीहरूले जब पदक घाँटीमा झुण्डयाउने छन् उनीहरूले आफ्नो खुशी साट्नका लागि पदक चुम्ने अथवा टोक्ने गर्दछन् । तर यस पटक उनीहरूले आफुले जितेको पदक चुम्न पाउने छैनन् । खेलाडीहरूले पदक ग्रहण गर्ने समयमा मास्कको प्रयोग गर्न पर्ने हुन्छ भने मेडल पनि आफैले पहिरिन पर्ने हुन्छ । त्यस्तै सामाजिक दूरी कायम गर्न एक आपस बीचको दूरी दुई मिटर राख्न पर्ने हुन्छ ।

दर्शक बिहिन खेल मैदान र रंगशाला

आफ्नो देशमा ओलम्पिक्स आयोजना हुँदा जापानले लाखौंको संख्यामा खेल प्रेमी दर्शक र समर्थकको घुइँचो लाग्ने आशा राखेको थियो । लाखौँमा आउने पर्यटकका कारण देशका होटल र पर्यटन व्यवसायमा प्रभाव पर्ने आशा उसले गरेको थियो ।

तर कोरोनाका कारण जापानले ओलम्पिक्स हेर्न आफ्नो देशमा आउने समर्थकहरूलाई प्रतिबन्ध लगाएको छ । अब सबै खेलहरू बन्द रंगशाला भित्र नै आयोजना गरिनेछ ।

खेलाडी, अफिसियल, मिडिया आदि गरेर यस अघि दुई लाख भन्दा बढी जापान आउने भनिए पनि उसले करिब ६८ हजार पाँच सयलाई मात्र जापानमा प्रवेश दिएको छ ।

त्यस्तै कुनै पनि खेलाडीले आफ्नो देशको अन्य खेलमा जान पाउने छैनन् भने आफ्नो खेल बाहेकका समयमा ओलम्पिक्स भिलेज भित्र रहेको आफ्नै स्थानमा समय बिताउन पर्ने हुन्छ । उनीहरुलाई घुम्नलाई पनि प्रतिबन्ध लगाइएको छ भने आफ्नो खेल सकिएको ४८ घण्टा भित्र ओलम्पिक्स भिलेज पनि छाड्न पर्ने हुन्छ ।

हर्षोल्लासमा प्रतिबन्ध

रियोमा आयोजित गत संस्करणको ओलम्पिक्समा फिजीले रग्बीमा स्वर्ण पदक हात पार्यो । देशकै लागि पहिलो ओलम्पिक्स स्वर्ण जितेको टोलीले आफ्नो खुशी साट्ने क्रममा गित गायो ।

तर यस पटकको ओलम्पिक्समा न त होहल्ला गर्दै खुशियाली मनाउन पाइने छ न त गित गाउँदै । यस पटक खेलाडी तथा टोलीले खुशियाली मनाउनका लागि ताली मात्र पिट्न पाउने छन् ।
निकै कडा नियम

खेलाडीहरूले निकै कडा नियमको पालना गर्न पर्नेछ । हरेक दिन खेलाडी तथा पधादिकारीहरुले कोरोनाको परिक्षण गर्न पर्नेछ भने अन्यको सम्पर्कमा कम भन्दा कम रहन पर्नेछ ।

त्यस्तै खेल समय अथवा खेल सकिए पछि खेलाडीहरूले एक आपसमा हात मिलाउने, अंगालो मार्ने तथा हाई–फाईभ गर्न पनि पाउने छैनन् । यदी कुनै एकमा कोरोना संक्रमण भएको छ भने अर्कोमा नसरोस् भन्ने आशाका कारण यो सबै नियमहरू लागु गर्न लागिएको हो ।

त्यस्तै कुनै पनि खेलाडी, पदाधिकारी तथा पत्रकारले नियमहरू भंग गरेको खण्डमा ओलम्पिक्स अवधिमा नै उनीहरुलाई आफ्नो देश फिर्ता गराउने चेतावनी पनि जापानले दिएको छ ।

Click to comment

Trending