Headline

बक्सलाई आधा शताब्दीमा पहिलो पटक एनबिए उपाधि

Published

on

आधा शताब्दीमा मिलवाउकी बक्सले अमेरिकन बास्केटबल लिग एनबिएको उपाधि जितेको छ । बक्सले एनबिए फाइनल्सको गेम सिक्समा फिनिक्स सन्सलाई १०५(९८ ले हराउदै फ्रान्चाइज इतिहासमै दोश्रो पटक उपाधि जितेको हो ।

बक्सलाई उपाधि जिताउने काम अरु कोही नभएर ग्रिक फ्रिक उपनामले चिनिएका जियानीस एन्टेटोकुम्पोले गरे । उनी एक्लैले ५० अंक स्कोर गरेका थिए । एनबिए इतिहासमा १९५८ मा बब पेटिट पछि जियानीसले पहिलो पटक निर्णायक खेलमा ५० अंकको प्रदर्शन दिएका हुन् ।

दुई पटकका एमभिपि जियानिसले १४ रिबाउण्ड र चार ब्लक पनि गरेका थिए । फ्रि थ्रोमा अचुक देखिएका उनले पाएको १९ मध्ये १७ फ्रि थ्रोमा स्कोर गरेका थिए ।

क्रिस मिडलटनले १७ पोइन्ट, पांच असिस्ट र चार स्टिलको प्रदर्शन गरे ज्रु होलिडेले १२ पोइन्ट र ११ असिस्टको प्रदर्शन गरे । ग्लासमा पनि सन्सलाई पछि पारेको बक्सले ५३ रिबाउण्ड लिएको थियो । सन्सले ३७ ।

फिनिक्समा पहिलो दुई खेल सन्सले जितेपछि बक्सले पुनरागमन बाकी चार खेल जितेको थियो । बक्स एनबिए इतिहासमा २-० ले पछि परेको स्थितिबाट कमब्याक गर्दै उपाधि जित्ने पाचौं टिम पनि बन्यो ।

फाइनल्सको एमभिपि घोषित जियानीस अधिकांश समय बक्सलाई सम्हालेका थिए । उनले तीन खेलमा ४० भन्दा बढी अंकको प्रदर्शन गरेका थिए । गेम सिक्समा उच्च प्रदर्शन पनि दिएका उनले गेम सिक्स अथवा सेभेनमा सबैभन्दा बढी स्कोर गर्ने किर्तिमानमा माइकल जोर्डनलाई पनि पछि पारेका थिए ।

पहिलो क्वार्टरमा बक्सले २९-१६ को अग्रता पाएपनि सन्स दोश्रो क्वार्टरमा फर्कदे पहिलो हाफको समाप्तिमा ४७-४२ को अग्रता बनाउन सफल भयो । तेश्रोमा बक्सले ३५-३० को अग्रता लिएपछि निर्णायक क्वार्टर सम्म आइपुग्दा खेल ७७(७७ को बराबरीमा थियो ।

तर अन्तिम क्वार्टरमा जियानिस र बक्सलाई रोक्न सन्स असफल भयो । क्रिस पउलले सन्सको लागि २४ अंक जोडेका थिए भने डेभिन बुकर १९ अंकमै रोक्किन पुगे ।

Click to comment

Trending