Headline

अष्ट्रेलियाको बिशाल जितमा क्यारी, स्टार्क र हेजलउड नायक

Published

on

नियमित कप्तान आरोन फिन्च चोटका कारण अनुपस्थित भएपछि उनको स्थान लिएका एलेक्स क्यारीले कप्तानी पारी खेल्नुका साथै तिब्र बलरहरुको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले वेष्ट इण्डिजलाई पहिलो एकदिवसीयमा १ सय १३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

ब्रिजटाउनमा बर्षाका कारण तीन पटक अवरुद्ध खेलमा अष्ट्रेलियालाई क्यारीको शतकीय साझेदारीले ४९ ओभरमा ९ विकेटको क्षतिमा २ सय ५२ रनसम्म डोर्यायो । मिचेल स्टर्कले चार र जोस हेजलउडले दुई विकेट लिएपछि वेष्ट इण्डिजले पहिलो ८ ओभरमा मात्र २७ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो ।

कप्तान केरोन पोलार्डले अद्र्धशतकले वेष्ट इण्डिजलाई तीन अंकको स्कारे कट्न मात्र मद्दत गर्यो । वेष्ट इण्डिज २६ दशमलव २ ओभरमा मात्र १ सय २३ रनमा समेटिएको थियो ।

स्टार्कले८ ओभरमा ४८ रन खर्चदै पांच विकेट लिए भने कसिलो बलिंग गरेका हेजलउडले ६ ओभरमा मात्र ११ रन दिदै तीन विकेट लिए । हेजलउडले आफ्नो पहिलो पांच ओभरमा ५ रन मात्र दिएका थिए ।

पोलार्डले ५७ बलमा पांच चौका र तीन छक्काको मद्दतमा ५६ रन जोडे । हेडन वाल्सले २० र अल्जारी जोसफले १७ रन बनाए ।

यसअघि पहिलो तीन ब्याट्स्म्यानले शुरुवात दिएपनि अष्ट्रेलियाले १ सय १४ रनमा चार विकेट गुमाउन पुगेको थियो । त्यसपछि क्यारीले पाचौं विकेटका लागि एस्टन टर्नरसंग १ सय ४ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई चुनौतिपूर्ण योगफलतर्फ डोर्याएका थिए ।

क्यारीले ८७ बलमा ६७ रन बनाउदा पांच चौका र दुई छक्का प्रहार गरे । टर्नरले ४५ बलमा ४९ रन बनाए । ओपनर जोश फिलिपे (३९), बेन म्याकडर्मोट (२८) र मिचेल मार्श(२०) ले पनि उल्लेखनीय योगदान दिएका थिए ।

वेष्ट इण्डिजका लागि वाल्सले १० ओभरमा ३९ रन खर्चदै पांच विकेट लिए । अकिल होसेन र अल्जारी जोजफले पनि दुई दुई विकेट चट्काए ।

Click to comment

Trending