अन्तर्राष्ट्रिय

कप्तान इकबालको शतकमा जिम्बाब्वे माथि बंगलादेशको क्लिन स्विप

Published

on

कप्तान तमिम इकबालले शतक प्रहार गरे पछि तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली जिम्बाब्वे माथि पाँच विकेटको रोमान्चक जित निकाल्दै बंगलादेशले शृंखला माथि क्लिन स्विप गरेको छ । पहिलो खेलमा १५५ रनको फराकिलो जित तथा दोश्रो खेलमा तीन विकेटको सानदार जित निकालेको बंगलादेशले शृंखला ३-० ले आफ्नो पक्ष्यमा पार्न सफल भएको हो ।  

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ४९ दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर २९८ रनको विशाल योगफल बनाउन सक्यो भने जबाफी ब्याटिङ गरेको बंगलादेशले पाँच विकेट गुमाएर १२ बल अगावै खेलमा जित दर्ता गरायो । 

बंगलादेशको जितमा खेलको म्यान अफ द म्याच घोषित इकबालले सर्वाधिक ११२ रन बनाए । एकदिवसीयमा आफ्नो १४ औ शतक प्रहार गरेका इकबालले ९२ बलको सामना गर्दै आठ चौका र तीन छक्का प्रहार गरे ।

इकबाल बाहेक बंगलादेशलाई शृंखलामा ह्वाइट वास गराउने क्रममा विकेट किपर नुरुल हसनले र अफिफ होसेनले अविजित रहँदै क्रमश ३९ बलमा ४५ र १७ बलमा २६ रनको पारी खेले भने ओपनर लिटन दासले ३२ तथा शकिब अल हसन र मोहम्मद मिथुनले समान ३०-३० रनको योगदान दिए ।

जिम्बाब्वेका ओपनर रेगिस चकाब्वाले ८४ तथा रायन बर्लर र सिकन्दर राजाले क्रमश ४३ बलमा ६९ र ५४ बलमा ५७ रन जोड्दै बंगलादेशलाई चुनौतिपूर्ण लक्ष्य दिन सफल भएको थियो ।

आठ ओभरमा ८७ रन खर्चिएर निकै महँगो साबित भएका बंगलादेशका मोहम्मद सैफउद्दिन र मुस्तफिजुर रहमानले समान ३-३ विकेट हात पारे भने महमुदउल्लाहले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।

Click to comment

Trending