अन्तर्राष्ट्रिय

इकबाल कम्तिमा दुई महिना मैदान बाहिर रहने 

Published

on

बंगलादेश राष्ट्रिय टोलीका कप्तान तमिम इकबाल कम्तिमा दुई महिना मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटका कारण इकबालले  लामो समय खेल्न नसक्ने भएका हुन् ।

हाल जिम्बाब्वेमा रहेका इकबालले घुँडाको चोटका कारण आज जारी जिम्बाब्वे विरुद्धको तेश्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दै छन् । तर उनी जिम्बाब्वे विरुद्धको नै तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला पनि गुमाउने छन्  भने एकदिवसीय शृंखला पछि बंगलादेश फर्कने छन् ।     

चोटका कारण नै इकबालले घरेलु मैदानमा आयोजना हुने अष्ट्रेलिया र न्युजिल्याण्ड विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला गुमाउने छन् भने बंगलादेश क्रिकेट बोर्डले उनी युएईमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप अघि पूर्ण ठिक हुने आशा राखेको छ । 

इकबालको यो चोट ताजा चोट हैन । यस अघि उनले अप्रिलमा नै चोट बोकेका थिए । तर श्रीलंका विरुद्धको एकदिवसीय शृंखला अघि ठिक भएका थिए । त्यस्तै उनले ढाका प्रिमियर लिगका सुरुवाती चरणका ११ खेल खेलेको भए पनि सुपर लिगमा यसै चोटका कारण खेल्न सकेका थिएनन् ।  

त्यस्तै उनले जिम्बाब्वे विरुद्धको एक खेलको टेस्ट शृंखला पनि चोटका कारण नै गुमाएका थिए भने चोटबाट पूर्ण ठिक नहुँदा पनि एकदिवसीय शृंखलाका अघिल्ला दुई खेलेका थिए ।   

 

Click to comment

Trending