अन्तर्राष्ट्रिय

आयरल्याण्ड विरुद्ध दक्षिण अफ्रिकाको सहज जित

Published

on

बलरहरु हाबी हुँदा घरेलु टोली आयरल्याण्डले दक्षिण अफ्रिका विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला अन्तर्गतको आफ्नो पहिलो खेलमा ३३ रनको फराकिलो हारको सामना गरेको छ । यससँगै दक्षिण अफ्रिकाले तीन खेलको शृंखलामा १-० को अग्रता पनि लिन सफल भएको छ ।  

दक्षिण अफ्रिकाले दिएको १६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले पुरै २० ओभर खेल्दै नौ विकेटको नोक्सानीमा १३२ रन मात्र बनाउन सक्यो ।  

आयरल्याण्डको तर्फबाट ह्यारी टेक्टरले सर्वाधिक ३६, कप्तान एन्डी बलबिर्निले २२ तथा १० औ र ११ औ नम्बरमा ब्याटिङ गर्न आएका ब्यरी म्याककर्थी र जश लिटलले अविजित रहँदै क्रमश ३० रन १५ रनको योगदान दिए भने बाँकी सात जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ८८ रनमा नौ विकेट विकेट गुमाएको अवस्थामा म्याककर्थी र लिटलले १० औ विकेटका लागि छ दशमलब दुई ओभरमा अविजित ४४ रन जोडे । 

आयरल्याण्डलाई रोक्ने क्रममा दक्षिण अफ्रिकाका तब्रिज़ शाम्सीले चार ओभर बलिङ गर्दै २७ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे भने लुंगी एनगिदीले चार ओभरमा १८ रन तथा जर्ज लिन्ड़ेले चार ओभरमा २६ रन खर्चिएर समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।   

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा सात विकेटको नोक्सानीमा १६५ रनको स्कोर खडा गर्यो ।

दक्षिण अफ्रिकाको लागि ऐडेन मार्क्रमले सर्वाधिक ३९ रन बनाए भने डेभिड मिलरले २८, रस्सी भान डर डस्सेनले २५ तथा ओपनर क्विन्टन डि ककले नौ बलमा आक्रामक २० रनको योगदान दिए ।

डि ककले आक्रमक सुरुवात दिए पनि दक्षिण अफ्रिकालाई रोक्ने क्रममा मार्क अदैर ले सर्वाधिक तीन तथा सीमि सिंह र जश लिटलले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending