Headline

मेस्सीको यो फोटोले रोनाल्डोलाई पछि पार्दै इन्स्टाग्राममा राख्यो नयां किर्तिमान

Published

on

बिश्व फुटबलका दुई सुपरस्टार अर्जेन्टिनी लियोनल मेस्सी र पोर्चुगलका क्रिष्चियानो रोनाल्डोबीच महानताको भिडन्त कहां छैन र ?  कहिले मेस्सी अगाडी हुने गरेका छन् भने कहिले रोनाल्डो । यसपटक मेस्सीले औपचारिक रुपमै रोनाल्डोलाई पछि पारेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्रामको फोटो मार्फत ।

मेस्सीले कोपा अमेरिकाको ट्रफि लिएर ड्रेसिंग रुममा बसिरहेको फोटोले २ करोड लाइक पाएपछि इन्स्टाग्राममा सबैभन्दा बढी लाइक गरिएको खेलकुद फोटोबनेको छ ।

यो किर्तिमान बनाउने क्रममा रोनाल्डोले १ करोड ९८ लाख लाइक पाएका थिए । उनले अर्का अर्जेन्टिनी लेजेण्ड डिएगो म्याराडोनालाई श्रद्धान्जली दिएको फोटोले त्यति लाइक पाएको थियो ।

मेस्सी र अर्जेन्टिनाले एक साता अघि ब्राजिललाई उसकै घरमा १-० ले हराउदै कोपा अमेरिका जितेको थियो । अर्जेन्टिनाले यस क्रममा २३ बर्षदेखिको आफ्नो अन्तर्राष्ट्रिय खडेरी तोडेको थियो ।

अर्जेन्टिनाको उपाधि यात्रामा मेस्सीकै प्रमुख संलग्नता रह्यो । प्रतियोगिता अवधिभर चार गोल र पांच असिस्ट गरेका मेस्सी उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता पनि चुनिएका थिए ।

“कस्तो सुन्दर पागलपन ! यो अपत्यारिलो छ । धन्यवाद भगवान । हामी च्याम्पियन हौं,” कोपा जितिसकेपछि माथि टि शर्ट नलागई ट्रफिसंग बसेर फोटो खिचेका मेस्सीले लेखेका छन् ।

३१ करोड भन्दा बढी फलोअर सहित इन्स्टाग्राममा सबैभन्दा बढी पछ्याइएका रोनाल्डो गत नोभेम्बरमा म्याराडोनाको मृत्यु भएपछि उनीसंगको फोटो पोस्ट गर्दै श्रद्धान्जली लिएका थिए ।

इन्स्टाग्राममा सबैभन्दा बढी लाइक गरिएको फोटो भने एक अण्डाको रहेको छ । बिश्व किर्तिमान बनाउने प्रयासमा उक्त अण्डले बिना कारण साढे पांच करोड लाइक पाएको थियो ।

Click to comment

Trending