अन्तर्राष्ट्रिय

इंग्ल्यान्डको सानदार जित 

Published

on

घरेलु टोली इंग्ल्यान्डले पाकिस्तान विरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा ४५ रनको सानदार जित हात पारेको छ । यस जितसँगै पहिलो खेलमा पराजित भएको इंग्ल्यान्डले तीन खेलको शृंखला १-१ को अवस्थामा पुर्याउन पनि सफल भएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १९ दशमलब पाँच ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर २०० रनको विशाल योगफल तयार पार्यो भने जबाफी ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै नौ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डको जितमा खेलको म्यान अफ द म्याच घोषित मोएन अलीले ब्याटिङ तर्फ १६ बल खेल्दै छ चौका र एक छक्काको मद्दतमा ३६ रन बनाए भने बलिङ तर्फ तीन ओभरमा ३२ रन खर्चिएर दुई विकेट हात पारे ।

इंग्ल्यान्डको तर्फबाट विकेट किपर तथा कप्तान जस बटलरले सर्वाधिक ५९ रन बनाए भने लियाम लिभिङस्टोनले अपनी २३ बलमा आक्रमक ३८ रनको पारी खेले ।

पाकिस्तानका मोहम्मद हसनैनले सर्वाधिक तीन विकेट हात पार्दा इमाद वासिम र ह्यारिस रौफले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

पाकिस्तानको तर्फबाट ओपनर तथा विकेट किपर मोहम्मद रिजवानले सर्वाधिक ३७ तथा शदाब खानले अविजित ३६ बाहेक कप्तान बाबर अजामले २२ तथा इमाद वासिमले २० रनको पारी खेले पनि जितका लागि पर्याप्त रहेन ।

इंग्ल्यान्डलाई जित दिलाउने क्रममा सकिब मोहमुदले सर्वाधिक तीन तथा आदिल रशिदले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए ।       

 

Click to comment

Trending