अन्तर्राष्ट्रिय

धवन र किशानको अर्धशतकमा श्रीलंका माथि भारतको सहज जित 

Published

on

शिखर धवन र इशान किशानको अर्धशतक तथा पृथ्वी श र सुर्यकुमार यादवको आक्रमक ब्याटिङमा संकट अवस्थामा रहेको श्रीलंका विरुद्धको पहिलो एकदिवसीय खेलमा दोश्रो रोजाईको खेलाडी रहेको भारतले सात विकेटको सहज जित दर्ता गराएको छ । यस जितसँगै भारतले तीन खेलको शृंखलामा १-० को अग्रता पनि लिन सफल भएको छ ।

जितका लागि पाएको २६३ रनको लक्ष्य भारतले तीन विकेट गुमाएर ८० बल अगावै जित दर्ता गराएको हो ।

भारतको जितमा कप्तान शिखर धवनले अविजित रहँदै सर्वाधिक ८६ रन बनाए । धवन बाहेक एकदिवसीयमा डेब्यु गरेका इशान किशानले ५९ तथा ओपनर पृथ्वी शले ४३ रनको पारी खेले भने मनिष पाण्डेले २६ तथा सुर्य कुमार यादवले अविजित रनको योगदान दिए ।

आक्रमक पारी खेल्दै २४ बलमा नौं चौका प्रहार गरेका शले पहिलो विकेटका लागि कप्तान धवनसँग मिलेर पाँच दशमलब तीन ओभरमा ५८ रनको साझेदारी गरे । पहिलो विकेटको पतन पछि क्रिजमा आएका विकेट किपर किशानले दोश्रो विकेटका लागि धवनसँग मिलेर १२ ओभरमा ८५ रन जोडे । एकदिवसीयमा आफ्नो पहिलो खेलमा नै अर्धशतक प्रहार गर्न सफल किशनले ४२ बलको सामना गर्दै आठ चौका र दुई छक्का प्रहार गरे ।         

२१५ रनमा तीन विकेट गुमाएको भारतको लागि धवन र यादवले अविजित ४८ रन जोड्दै सहज जित दिलाए । ९५ बलको सामना गरेका धवनले छ चौका र एक छक्का प्रहार गरे भने यादवले २० बलमा पाँच चौका प्रहार गरे । 

श्रीलंकाका धनन्जय डि सिल्भा सर्वाधिक दुई विकेट हात पारे । 

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै ५० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा २६२ रनको योगफल बनाउन सक्यो ।

प्राय सबै ब्याट्सम्यानहरुले सुरुवात राम्रो दिए पनि ठुलो स्कोर बनाउन नसक्दा श्रीलंका ठुलो योगफल बनाउन असफल रह्यो ।   

एक समय २२२ रनको अवस्थामा आठ विकेट गुमाएको श्रीलंकाका चमिका करुनारत्ने र दुश्मन्था चमीराले नवौं विकेटका लागि १८ बलमा ४० रन जोड्दै चुनौतिपूर्ण योगफल सम्म डोर्याउन सफल भए । श्रीलंकाको लागि सर्वाधिक रन जोडेका करुनारत्नेले आठौं नम्बरमा ब्याटिंङ गर्दै ३५ बलको सामना गर्दै अविजित ४३ रन बनाए ।

त्यस बाहेक कप्तान दासुन शनाका ३९, चरिथ असलंका ३८, ओपनरद्वय अभिश्का फर्नान्डो र मिनोद भानुका क्रमश ३३ र २७ तथा भानुका राजापाक्साले २४ रनको पारी खेले ।

भारतका दिपक चाहार, युज्बेन्द्र चाहल र कुलदिप यादवले समान २-२ विकेट हात पारे ।

Click to comment

Trending