अन्तर्राष्ट्रिय

भारत र श्रीलंका बीचको एकदिवसीय शृंखला आजबाट सुरु हुँदै 

Published

on

घरेलु टोली श्रीलंका र भारत बीचको एकदिवसीय शृंखला आजबाट सुरु हुँदैछ । श्रीलंका टोलीमा कोरोना संक्रमण देखा परेका कारण पाँच दिन पछि सरेको शृंखलाको पहिलो खेल नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ ।

 सेन्ट्रल कन्ट्रयाक्टको विषयमा विवाद भएका कारण खराब अवस्थामा रहेको श्रीलंका र भारतको पहिलो रोजाइका खेलाडीहरुको अनुपस्थितिमा दोश्रो रोजाइका खेलाडीहरु रहेको भारत बीचको खेल रोमान्चक हुने अनुमान गर्न सकिन्छ ।

श्रीलंका टोलीको कप्तानी दासुन शनाकाले तथा भारत कप्तानी शिखर धवनले गर्नेछन् । श्रीलंका क्रिकेट बोर्डले शनाकालाई यसै शृंखलाबाट कप्तानीको जिम्मेवारी दिएको हो भने बिराट कोहली, रोहित शर्मा लगायत पहिलो रोजाइका खेलाडीहरु हाल इंग्ल्यान्ड भ्रमणमा रहेका कारण श्रीलंका शृंखलाका लागि धवनले कप्तानीको जिम्मेवारी पाएका हुन् ।

 भारत र श्रीलंका सन् २०१७ पछि पहिलो पटक एकदिवसीय शृंखला खेल्न लागेका हुन् । दुई देश बीचको हेड टु हेड हेर्ने हो भने भारत श्रीलंका माथि हाबी रहेको छ । हाल सम्म दुई राष्ट्र एक आपसमा भिड्दा भारतले ९१ एकदिवसीय खेलमा जित हात पार्दा श्रीलंकाले मात्र ५६ खेलमा जित निकाल्न सकेको छ । पछिल्लो पाँच खेलमा भारतले चार खेलमा तथा श्रीलंकाले एक खेलमा मात्र जित दर्ता गर्न सफल भएको छ ।      

Click to comment

Trending