Headline

ओलम्पिक्सः रंगभेदी व्यवहारका कारण जर्मन टिमले मैदान छोड्यो

Published

on

जर्मनीको पुरुष फुटबल टोलीले आफ्ना खेलाडी जोर्डन टोरुनारिघामाथि रंगभेदी व्यवहार भएपछि होन्डुरसबिरुद्धको मैत्रीपूर्ण खेल समाप्त हुनु भन्दा ५ मिनेटअघि नै मैदान छोडेको छ ।

बन्द रंगशालामा ३० मिनेटको तीन चरणमा खेलाइएको खेलमा अन्तिम समयतिर जर्मनी टोलीले छोड्ने निर्णय लिएपछि १(१ को बराबरीमा टुग्ंयाइएको थियो । २३ बर्षिय टोरनारिघा जर्मन बुन्डेसलिगामा हर्था बर्लिनका लागि खेल्ने गर्छन् ।

जर्मनी राष्ट्रिय फुटबल टोलीको आधिकारिक अंग्रेजी ट्विन्टर ह्याण्डलले लेखेको छः “खेल पांच मिनेट अगाडी नै १(१ को बराबरीमा सक्किएको छ । जोर्डन टोरुनाघिरामाथि रंगभेदी व्यवहार भएपछि जर्मन खेलाडीहरुले मैदान छोडेका छन् ।”

होण्डुरसको राष्ट्रिय टोलीले यसको जवाफमा ट्विट गर्दै घटनामा असमझदारी भएको स्पष्टिकरण दिएको छ ।

सन् १९९३ देखि १९९७ सम्म जर्मनीको राष्ट्रिय टोलीका लागि २५ खेल खेलेका हालको ओलम्पिक्स टिमका प्रशिक्षक स्टेफन कुन्ट्जले पनि यस बिषयमा आफ्नो टिप्पणी दिएका छन् ।

“जब हाम्रो खेलाडीमाथि रंगभेदी व्यहार हुन्छ, खेललाई जारी गरिराख्नुको कुनै औचित्य छैन,” कुन्ट्जले भने।

जर्मनीले ओलम्पिक्स पुरुष फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा बिहिबार ब्राजिलको सामना गर्नेछ । टोरुनाघिराले गत सिजन बुन्डेसलिगामा हर्थाका लागि १४ खेल खेलेका थिए ।

Click to comment

Trending