Headline

अष्ट्रेलियाबिरुद्ध वेष्ट इण्डिजको दमदार प्रदर्शन

Published

on

अन्तिम ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा १६ रनको जित हात पार्दै वेष्ट इण्डिजले अष्ट्रेलियालाई पांच म्याचको श्रृंखलामा ४-१ को शान्दार जित हात पारेको छ ।

ओपनर एभिन लेविसले आक्रमक ब्याटिंग गर्दै ३४ बलमै ७९ रन बनाएपछि वेष्ट इण्डिजले ८ विकेटको क्षतिमा १ सय ९९ रन बनायो । अष्ट्रेलिया जवाफमा ९ विकेटका गुमाउदै मात्र १ सय ८३ रन बनाउन सक्यो ।

बिशाल लक्ष्यको दवाबमा अष्ट्रेलियाले कुनै पनि समय राम्रो साझेदारी पाएन । कप्तान आरोन फिन्च र मोइजेज हेन्रिकेस (२१) ले तेश्रो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । अन्य ब्याट्स्म्यानहरुले शुरुवात पाएपनि वेष्ट इण्डिजले निरन्तर विकेट लिदै अष्ट्रेलियालाई दवाबमा राखेको थियो ।

फिन्चले सर्वाधिक ३४ रन बनाए भने मिचेल मार्सले१५ बलमा ३० रन जोडे । म्याथ्यु वेडले २६ रन बनाए । वेष्ट इण्डिजका लागि शेल्डन कोट्रेल र आन्द्रे रस्सेलले ३-३ विकेट लिएका थिए ।

वेष्ट इण्डिजको बिशाल योगफल लेलेविसकै वरिपरि घुमेको थियो । उनले ९ छक्का र चार चौका हात पारे । कप्तान निकोलस पुरनले १८ बलमा ३१ रन बनाउदा तीन छक्का र एक चौका हिर्काए ।

क्रिस गेल र लेण्डल सिमोन्सले समान २१ रनको योगदान दिएका थिए । अष्ट्रेलियाका लागि एण्ड्रयु टाईले ३ विकेट लिए भने एडम जाम्पा र मिचेल मार्सले २-२ विकेट लिएका थिए ।

Click to comment

Trending