Euro 2020

युभेन्टस छोड्ने मुडमा छैनन सुपरस्टार रोनाल्डो

Published

on

युरो कपमा पांच गोलसहित सर्वाधिक गोकर्ताको गोल्डेन बुट जितेका पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले इटालियन सिरी आ टोली युभेन्टस नछोड्ने संकेत गरेका छन् ।

क्लबका निर्देशक तथा पुर्व चेक रिपब्लिक लेजेण्ड पाभेल नेदभेदले रोनाल्डोले क्लबमै रहने अथवा छोड्ने बिषयमा कुनै जानकारी नगराएको र यसै महिनाको अन्तिम साता टुरिनमा प्रशिक्षणमा सहभागी हुने जानकारी दिएका हुन् ।

“क्रिष्चियानो अहिले छुट्टी मनाइरहेका छन् । उनी छोड्ने बिषयमा उनको टोलीले केही भनेको छैन र पुर्व निर्धारित तालिका अनुसार नै उनी अब जुलाई २५ मा प्रशिक्षणमा सहभागी हुनेछन्,” युभेन्टसको २०२१-२२ सिजनको क्यालेण्डर सार्वजनिक गर्ने क्रममा नेदभेदले भने ।

३६ बर्षको उमेरमा पनि युरो कपमा स्थापित युवा अनुहारहरुलाई पछि पार्दै गोल्डेन बुट जितेका रोनाल्डोको युभेन्टससंगको सम्झौतमा अझै एक बर्ष बाकी रहेको छ ।

सिरी उपाधिमा ९ बर्षपछि पहिलो पटक आफ्नो नियन्त्रण गुमाउनुका साथै गत बर्षको च्याम्पियन्स लिगमा अन्तिम १६ बाट बाहिरिएको युभेन्टस यो सिजनको युरोपियन प्रतियोगिताका लागि पनि मुस्किलले स्थान बनाएपछि रोनाल्डोभविष्य अनिश्चित रहन पुगेको थियो ।

प्रशिक्षक मासिमिलियानो एलेग्रिको पुनरागमनमा युभेन्सटले सिजनको आफ्नो पहिलो खेल युडिनेजी बिरुद्ध खेल्नेछ ।

“एलेग्रिलाई लिएर हाम्रो पांच बर्षको निश्चित कार्य तालिका थियो । त्यसपछि उनी दुई बर्ष छुट्टीमा गएका थिए । अब नयां उर्जा सहित उनी टोलीमा फर्कदैछन्,” नेदभेदले भने ।

Click to comment

Trending