Headline

पांच बर्षको सम्झौतामा मेस्सी बार्सामै रहने

Published

on

लियोनल मेस्सीले बार्सिलोनाका लागि पांच बर्षको नयां सम्झौता गरेका छन्, इएसपिएनको एक रिपोर्टले खुलासा गरेको छ ।

जुन ३० मा आफ्नो बाल्यकालको क्लबसंगको सम्झौता समाप्त भएपछि मेस्सी फ्रि एजेन्ट भएका थिए । दुई दशक क्लबमा बिताइसकेपछि मेस्सीले फ्रेञ्च क्लब पेरिस सेन्ट जमाईन (पिएसजी) र इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने इच्छा देखाएको रिपोर्टहरु सार्वजनिक भएको थियो ।

बार्सिलोनाले दिने तलबमा व्यापक कटौति सहित मेस्सी क्याम्प नोउमै बस्नको लागि राजी भएको इएसपिएनले लेखेको छ । मेस्सीको यसअघिको चार बर्षको सम्झौता रकम ५ सय ९४ मिलियन डलरको रहेको थियो ।

आफूमाथि रहेको १ दशमलव १८ बिलियन डलरको ऋण चुक्ता गर्न बार्सिलोनाले केही खेलाडीहरुलाई बेचिसकेको र अन्य केही बेच्ने तैयारी रहेको हुंदा मेस्सीको तलब कति रहने अहिले नै खुलिसकेको छैन । तर दुवै पक्ष भने तलब कटौतीमा राजी हुंदै नयां सम्झौताका लागि तैयार रहेका छन् ।

३४ बर्षिय मेस्सीले यसै साता अर्जेन्टिनाका लागि कोपा अमेरिका मार्फत पहिलो प्रमुख अन्तर्राष्ट्रिय उपाधि जितेका हुन् । उनी हाल आफ्नो परिवारसंग छुट्टी मनाइरहेका छन् ।

नयां सिजनको पहिलो खेलमा बार्साले अगष्ट १५ मा रियल सोसिडाडको सामना गर्नेछन् ।

सन् २००० मा क्लबको एकेडेमीमा आबद्ध भएका मेस्सीले बार्सिलोनाका लागि किर्तिमानी ७ सय ७८ खेल खेलिसकेका छन् । यस क्रममा उनले गत सिजन मात्रै बार्सिलोनाका लागि सबैभन्दा धेरै खेल खेल्ने जाभी हर्नान्डेजको किर्तिमान तोडेका थिए ।

६ सय ७२ गोल गरेका मेस्सीले बार्सिलोनामा १० ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन् ।

Click to comment

Trending