Headline

राष्ट्रिय टोलीको प्रशिक्षणबाट १४ जना फालिए

Published

on

प्रमुख प्रशिक्षक अब्दुल्ला अलमुताइरीले एसियन कप छनौट र साफ च्याम्पियनसिपको तैयारीमा रहेको राष्ट्रिय टोलीलाई ३६ सदस्यमा झारेका छन् ।

यसअघि नेपालको गल्फ भ्रमणमा रहेको टोलीबाट बिशाल सुनार फालिएका छन् भने उनीसंगै अमित तामांग, बिबेक बस्नेत, दर्शन गुरुंग, डोना थापा, गौरभ बुढाथोकी, मिक्चेन तामांग, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामांग, रवि पासवान, सेसेहांग आंगदम्बे, शिशिर लेखी र सुदिल राइनलाई पनि बाहिर राखिएको छ ।

कतारमा उपचारबाट फर्किएका मिडफिल्डर बिक्रम लामा पनि आफ्नो रिह्याबिलिटेसनको लागि टिमसंगै प्रशिक्षणमा रहेका छन् भनेउनी पूर्ण रुपमा फिट रहेको स्थितिमा टिममा अटाउने एन्फाले जनाएको छ ।

दोश्रो चरणको बन्द प्रशिक्षणका लागि छानिएका खेलाडीहरु यस प्रकार रहेका छन्ः

किरण चेम्जोंग (गोलकिपर), दिप कार्की(गोलकिपर), बिकेश कुथु(गोलकिपर), बिशाल श्रेष्ठ (गोलकिपर), अर्पण कार्की(गोलकिपर), आशिष लामा, अभिषेक रिजाल, अनन्त तामांग, अञ्जन बिष्ट, एरिक बिष्ट, आयुष घलान, भरत खवास, बिशाल राई, दिनेश राजबंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डांगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुंग, राजिव लोप्चन, रन्दिभ पौडेल, रञ्जित धिमाल, रोहित चन्द, सन्जोग राइ, सन्तोष तामांग, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, तेज तामांग, त्रिदेव गुरुंग ।

Click to comment

Trending