Headline

पिएसजीका लागि आफ्नो पाचौं च्याम्पियन्स लिग जित्न चाहन्छन् रामोस

Published

on

आफूमा अझै पनि ताजा उपलब्धिका लागि आशा र दृढ संकल्प रहेको दावी गर्दै स्पेनका भेटेरान डिफेण्डर सर्जियो रामोस करिअर अन्त्यमा पाचौं च्याम्पियन्स लिग उपाधि जित्नका लागि पेरिस सेन्ट जर्माइन (पिएसजी) संग आबद्ध भएको बताएका छन् ।

“किन पिएसजी ? किनभने यहां आउदा आनन्दको अनुभुति हुन्छ । मेरो प्राथमिकता भने ठूलो खेलकुद प्रोजेक्ट थियो,” रामोसले मंगलवार पेरिसमा भने ।

“यो टिममा धेरै स्टार खेलाडीहरु छन् । यो मेरो बेस्ट डिसिजन हो र सबैभन्दा महत्वपूर्ण भनेको यो टिममा जित्ने इच्छाशक्ति छ,” सेभियाबाट आएदेखि १६ बर्ष रियल म्याड्रिडको उपलब्धिहरुमा खम्बा बनेका ३५ बर्षिय रामोसले भने ।

गत साता दुई बर्षको लागि पिएसजीसंग सम्झौता गरेका बिश्वकप बिजेता रामोस पछिल्लो केही बर्षदेखिको असफलतापछि फ्रेञ्च लिग वान क्लबलाई पहिलो च्याम्पियन्स लिग उपाधि जिताउन चाहन्छन् ।

“फुटबलमा बिगतमा अल्झिएर बस्न सकिदैन,” रियल म्याड्रिडसंग चार युरोपियन उपाधि जितेका रामोसले भने । “म यहां फेरि उपाधि जित्नको लागि आएको हु । म जहिल्यै पनि विनरकै रुपमा खेल्दै आएको छु र यहां बिगतको उपलब्धिको बाजा बजाएर बस्न चाहन्न ।”

“म अर्को शुरुवात गर्न गइरहेको छु, त्यही महत्वाकांक्षा र आशाका साथ । मलाई सधै यो महत्वाकांक्षा रहने गरेको छ । हाम्रो लागि पैसा प्राथमिकतामा थिएन । मैले केही नसोचि पिएसजीको शर्त मानेको थिए,” उनले खुलाए ।

Click to comment

Trending