Headline

एक हप्ताभित्रै इंगल्याण्डलाई दर्शकको व्यवहारले अर्को जरिवाना

Published

on

समर्थकहरुको व्यवहारका कारण इंगल्याण्डलाई युरो कपका दौरान एक हप्तामै दोश्रो पटक जरिवान गरिएको छ ।

वेम्ब्ली स्टेडियममा इटालीबिरुद्धको फाइनलका दौरान समर्थकहरुले खेल भावना बिपरित काम गरेको भन्दै युरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले इंगल्याण्डलाई फेरि अर्को जरिवान गरेको हो ।

डेनमार्क बिरुद्धको सेमिफाइनलका दौरान दर्शकहरुले डेनिस राष्ट्रिय गान चलिरहदा आवाज निकालेको, डेनमार्क गोलकिपर क्यास्पर स्माइकलमाथि लेजर लाइट देखाएको र स्टेडियम भित्र आतिसबाजी गरेको कारण इंगल्याण्ड फुटबल एशोसिएसनलाई ३५ हजार डलरको जरिवाना गरिएको थियो ।

इंगल्याण्ड टाई ब्रेकरमा पराजित भएको फाइनलका दौरान एक पटक फेरि इटालीको राष्ट्रिय गानका दौरान आवाज निकालेको र आतिसबाजी दोहोर्याएपछि अर्को जरिवना गरिएको हो । त्यस्तै मैदान प्रवेश गरेको र स्टेडियम भित्र र बाहिर सामानले प्रहार गरेको पनि आरोप लगाइएको छ ।

Click to comment

Trending